काठमाडौं, मंसिर २३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो।
सचिवालय बैठक दिउँसो १ बजे बोलाइएको छ। प्रतिनिधिसभामा रिक्त सभामुख पदको निर्वाचन र स्थायी समिति बैठक बोलाउने बारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्न लागेको हो।
बलात्कारको आरोप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। बैठकमा मंसिर १४ मा भएको उपनिर्वाचनको औपचारिक समीक्षा हुने बताइएको छ।
पाँच दिनअघि बसेको सचिवालय बैठकले उपनिर्वाचन भएका क्षेत्रमा घात(अन्तर्घात भएरनभएको बारे केन्द्रलाई प्रतिवेदन पठाउन तल्ला कमिटीलाई निर्देशन दिएको थियो।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।