काठमाडौं , मंसिर २३ । सरकारले राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ।विभागलाई विदेशीको प्रतिजासुसी गर्नदेखि टेलिफोन ट्यापिङ गर्न सक्नेसम्मको अधिकार दिन लागिएको छ।
संसदमा दर्ता भइसकेको ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा गुप्तचरमा व्यापक परिवर्तन लागिएको खबर आजको नयाँ पत्रिकामा खबर छ ।
विभालाई पहिलोपटक फोन इन्टरसेप्सन(गोप्य रूपमा टेलिफोन कुराकानी रेकर्ड)को अधिकारसमेत दिन लागिएको छ।
यसको दुरुपयोग हुन सक्ने र नागरिकको गोपनीयताको हक हनन हुन सक्ने भएकाले यो अधिकार भने विवादितसमेत हुन सक्ने देखिएको छ। खासगरी सत्तापक्ष र प्रतिपक्षीको फोन इन्टरसेप्सनको दुरुपयोग हुन सक्ने जोखिम छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।