सोच परिवर्तन भए मात्र लैंगिक हिंसा अन्त्य हुन्छ : प्रवक्ता केसी



ओमप्रकाश गुप्ता,
लमही २३ मंसिर । लमही नगरपालिकाका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष विमबहादुर केसीले आफु भित्रको सोच परिवर्तन भए मात्र लैंगिक हिंसा अन्त्य हुने बताएका छन् । देउखुरी सामुदायिक सेवा केन्द्र लमहीले आइतवार लमहीमा आयोजना गरेको लैंगिक हिंसा न्युनीकरणका विषयमा सरोकारवालाहरु सँगको गरेको छलफलमा बोल्दै प्रवक्ता केसीले सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका प्रवक्ता केसीले लैंगिक हिंसा न्युनीकरण गर्न परिवार र समाजमा चेतनाको विकास हुन पनि उत्तिकै जरुरी भएको बताएका छन् । छलफलमा बोल्ने अन्य वक्ताहरुले छोराछोरीमा हुने विभेद, शिक्षा,स्वास्थ्य, धार्मिक क्षेत्र र तथा जातीविशेषमा हुने विभेदको अन्त्य नभए सम्म लैंगिक हिंसाको अन्त्य हुनै नसक्ने बताएका छन् ।

सेवा केन्द्रका अध्यक्ष किरणविक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरिक्षक पुरान मल्ल, नेकपाकी मिना गुरुङ, नेकपाकै लमही नगर इन्चार्ज अमर नविन कंवर, नेपाली कांग्रेसका कर्णबहादुर बुढाथोकी, महिला तथा बालबालिका शाखा प्रमुख हस्तकुमारी गुरुङ,समाजसेवी रेशम विसी लगायतका वक्ताहरुले बोलेका थिए । सेवा केन्द्रकी कोषाध्यक्ष दिपा खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सेवा केन्द्रकी सचिव सिता चौधरीले गरेकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्