अमृत भट्टराई ,
मङ्सिर २३ गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ खड्गकोटमा कालीगण्डकी गाउँपालिका को आर्थिक सहयोगमा सुआहारा को प्रविधिक सहयोगमा खड्गकोटका १२ जना गर्ववती महिला लाई निस् शुल्क फिल्टर वितरण गरेको छ । आइतबार एक कार्यक्रम का बीच फिल्टर वितरण गरिएको हो ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कविराज ढकालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि कालीगण्डकी गाउँपालिका उपअध्यक्ष तारा थापा रहनुभएको कार्यक्रममा कालीगण्डकी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख निर्मला श्रीस , सामाजिक परिचालक लिलमाया श्रिस , खड्गकोटो स्वास्थ्य चौकी समितिका सदस्य भुमिराज ढकाल , साविकको वडा नम्बर १ देखि ९ सम्मका सोयमसेविका , विभिन्न विद्यालयका शिक्षक , विद्यार्थी , विभिन्न राजनीति दलका प्रतिनिधि ,स्थानीय लगाएको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य खड्गकोट स्वास्थ चौकी प्रमुख अप्सरा थापाले गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सुआहारा कालीगण्डकी का प्रमुख पोशक पौडेलले गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि तारा थापाले भन्नुभयो पानी बाट पछिल्लो समय देशका विभिन्न ठाउँमा विभिन्न किसिमका रोग फैलिएको हुदा पानीलाई निर्मलिकरण गरेर खान अनुरोध सँगै गर्ववती भएको समयमा अन्य समयमा भन्दापनि हरियो तरकारी , फलफूल लगाएका खानेकुरा जोड दिनपर्ने बताउनुभयो । यो भन्दा अगाडि गर्ववती महिला लाई कुखुराको अण्डा वितरण गरेको तर अण्डा गर्व वती महिलाले भन्दापनि अरुलेनै प्रयोग गरेको पाइएको समेत बताउनुभयो ।
कार्यक्रम खड्गकोट स्वास्थ चौकीमा भएको थियो । सुआहारा कालीगण्डकी ले मंसिर १९ गते गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ जयखानीका ९ जना गर्ववति महिलालाई फिल्टर वितरण गरेको थियो । अहिलेसम्म सुआहार कालीगण्डकीले जयखानी र खड्गकोटमा गरि २१ वडा फिल्टर वितरण गरेको सुआहारा संयोजक पोषक पौडेलले जानकारी दिनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।