१३ औं साग: आज १३ खेलमा प्रतिस्पर्धा हुँदै



काठमाडौं , मंसिर २३ । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नवौं दिन आज(सोमबार) विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
तीनवटै आयोजक शहर काठमाडौं, पोखरा र जनकपुरमा आज खेलहरु हुनेछन् ।आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, कबड्डी, स्क्वास, टेनिस र कुस्तीमा विभिन्न खेलाडीले प्रतिष्पर्धा गर्न लागेका हुन् ।

प्रतियोगिताअन्र्तगत महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । त्यसैगरी कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।
पोखरा रंगशालामा हुने महिला फुटबलको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबलमा माल्दिभ्सले कास्य जितिसकेको छ । पुरुषको फाइनलमा भने भोली नेपाल र भुटान खेल्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्