राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार आइतबार आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त प्रतिवेदन पेस गरेका हुन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेस गरेको विज्ञप्तिमा उल्लेख छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।