गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले विभिन्न जिल्लामा दर्ता अपरेटरको माग गरेको छ । कक्षाा १२ उतिर्ण गरेका र कम्प्युटर समबन्धी तालिक प्राप्त उमेद्वारले दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख छ ।
राष्ट्रिय परिचय पत्र वितरणको प्रयोजनका लागि झापामा १६४ जना, ललितपुरमा ११७ जना, कञ्चनपुरमा ९१ जनाको दरखास्त माग गरिएको छ । यसैगरी संखुवासभामा ४०, गुल्मीमा ७१ र चितवनमा ११७ जनाको माग गरिएको छ ।
आवेदन सम्बन्धित जिल्लामा १० रूपैयाँको टिकट टाँसेर पौष ७ गते सम्म निस्शुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।