नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटाबाट ४४ राउण्ड गोलीसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रातामाटा घर भएका आइतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगर छन् ।
प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले घरमा खानतलासी गर्ने क्रममा ४४ राउण्ड गोली फेला पारेको हो । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।