एसिया कप छनौट खेल्न कीर्गिस्तान जाने फुटबल टोलीको बिदाई



सैघाली खबर,
काठमाडौं, १२ कात्तिक

मंगलबारदेखि कीर्गिस्तानमा सुरु हुने १९ वर्षमुनिको एसिया कप फुटबलको छनौट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।
एन्फा कम्लेक्स सातदोबाटोमा भएको कार्यक्रममा राखेपका सदस्यसचिव केशबकुमार विष्ट र एन्फाका अधिकारीहरुले टोलीको बिदाई गरेका हुन् । नेपाली टोली आइतबार कीर्गिस्तान प्रस्थान गर्दै छ ।

समूह एमा रहेको नेपालले आफ्नो पहिलो खेल मंगलबार कीर्गिस्तानसँग खेल्ने छ । यस्तै नेपालले १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्ने छ । समूहको विजेता प्रतियोगितामा छनौट हुने छ ।

यस्तै १० वटा समूहमध्येबाट उत्कृष्ट ६ उपविजेता पनि इन्डोनेसियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । अर्पण कार्की कप्तान रहेको टोलीमा गत महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्