पछिल्लो समय देशमा बढ्दो महङ्गीको प्रत्यक्ष मारमा शहर बजारमा डेरा लिएर बस्ने डेरावाल विद्यार्थी परेका छन् । आफ्नो उज्वल भविष्यको सपनाका साथ गाउँबाट शहर छिरेका विद्यार्थी जो बढ्दो बजार मुल्यको राफले पिल्सिएका छन् ।
गन्तव्य गाउँबाट शहर बजारको
एसईई वा कक्षा १२ सम्मको अध्ययन गाउँमा गरेर थप उच्च शिक्षाकोलागि विद्यार्थीको अर्को गन्तव्य हो काठमाण्डौ वा अन्य शहर । सपनाको शहरको रुपमाऐ काठमाण्डौ सबैको रोजाई बनेको छ । सबैको केन्द्रबिन्दु बनिरहँदा ती शहरहरु अनियन्त्रित रुपमा महङ्गीएका छन् । आफ्नो भविष्य उज्वल पार्न अंझ भन्ने हो भने देशको भविष्य निर्माण संग जोडिएका तीनै विद्यार्थीहरु भने डेराको अध्यारो चार कुनामा नै आफ्नो जीवनलाई रुमलीरहेका छन ।
विशेषत काठमाण्डौको कुरा गर्ने हो भने देशको राजधानि जहाँ ७७ जिल्लाकै मानिसको बसोवास रहेको छ । पिउने पानीदेखि हरेक कुरा किन्नु बाहेक अरु कुनै विकल्प छैन । निःशुल्क पाईन्छ त केवल एउटा हावा त्यो पनि प्रदुषित वातावरणका कारण श्वास फेर्न समेत सकस हुन्छ । घरधनी अनुसारको छुट्टाछुट्टै डेरा भाडा रहेको छ । समयमा पानी पाईन्न, जताततै फोहोरमैला र अस्तव्यस्थ शहरको कोलाहलमा जीवनयापन गर्दैछन् विद्याथीहरु ।
धेरैजसो विद्यार्थीहरु विहानको अध्ययन पछि दिउँसो काम गर्ने गरेको पाईन्छ । आफ्नो अध्ययन खर्च र दैनीकि जीवनयापनकै लागि भने अनुसारको काम नपाएपनि काम गर्न बाध्य छन । सामान्य कामको आम्दानीले डेरामा बसेर जीविकोपार्जन गरेका विद्यार्थी जो प्रतिकिलो रु ६०÷७० मा पाईने प्याज अहिले बजार भाउँ रु २५० पुग्दा कस्तो अवस्थामा होलान् ती डेरावाल विद्यार्थी ! पछिल्लो समय प्याज मात्र नभई बजारका हरेक सामानमा अत्याधिक मूल्य वृद्धि भएको छ । जसको प्रत्यक्ष मारमा विद्यार्थीहरु परेका छन् ।
अबको आवश्यकता
गाउँबाट हरेक विद्यार्थी बजार आउँनुकोे पहिलो गन्तव्य सफलतापूर्वक उच्च शिक्षा हासिल गर्नु नै हुन्छ । तर त्यो उद्देश्य भने कमैको पुरा हुनेगर्दछ । किनकि यहाँको परिस्थीति नै यस्तै रहेको छ । देशको बाघडोर सम्हाल्ने आजका डेरावाल विद्यार्थीको सहजताको लागि सरकारले विशेष कदम चाल्नु आवश्यक छ ।
मान्छे अनुसार लिईने कोठा भाडामा भईरहेको मनोमानि र अनियमितता प्रति सरकारले विशेष सक्रियताका साथ त्यसलाई नियन्त्रण गर्नुपर्दछ । बजारमा भएको महङ्गी,कालाबजारी लगाएतका कार्य नियन्त्रण गर्नु त सरकारको चुनौति नै भएको छ । त्यति मात्र नभई विभिन्न स्कुल तथा क्याम्पसहरुले अनियमित रुपमा शुल्क वृद्धि गर्दा पनि विद्यार्थी त्यसको प्रत्यक्ष मारमा परेका छन् । दिन प्रति दिन हरेक क्षेत्रमा भईरहेको अनियमितता सरकार टुलुटुलु हेर्नुको शिवाय केहि गरेको देख्न र सुन्न पाईएको छैन ।
सरकारको मात्र कुरा नभएर विभिन्न पार्टिगत रुपमा परिचालन गरीरहेकाहरुले पनि यस बारे एक पटक सोच्नु पर्ने थियो तर त्यो भईरहेको छैन् । पार्टिगत आन्दोलन,विरोध लगाएतमा सहज रुपमा विद्यार्थीलाई परिचालन गरीदैछ । तर खै ! तीनै विद्यार्थी भित्रका पिडा समस्या समाधानका बारेमा किन मौन छन् राजनैतिक पार्टिहरु ? किन शान्त छन नेताहरु ? के विद्यार्थी भनेका पार्टीका लागी प्रचार सामाग्री मात्रै हुन् त जसकोे आवश्यकता हुञ्जेल प्रयोग गर्ने त्यस पछि हटाईदिने । हो यहि छ वास्तविकता राजधानीमा अध्ययनरत डेरावाल जो कोहि विद्यार्थीको ।
बेरोजगारीले जरो गाडेको नेपाली समाजमा केहि अध्ययन पछिको अर्को गन्तव्य बनेको छ वैदेशिक रोजगार । आफ्नै देशमा पढेर केहि गर्ने सोचका साथ शहर पसेका युवा विद्यार्थी एक दुई वर्षको बसाईमा नै यहाँको परिवेषले आजित हुन्छन् । आम्दानी भन्दा खर्च बढि भए पछि विदेशिन बाध्य हुन्छन् नेपाली विद्यार्थी युवा । त्यसको अन्त्यकालागि सरकारले नै विद्यार्थीहरुको सिप अनुसारको कदर र सोहि अनुसार रोजगारीको व्यवस्था गर्नुपर्दछ । तव मात्रै वर्तमान सरकारको शुखी नेपाली र समृद्ध नेपालको नाराले सार्थकता पाउंनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।