कर्री जनकपुर टोलविकास संस्थाको अध्यक्षमाः पुन



कर्री जनकपुर टोल विकास संस्थाको अध्यक्षमा टेकबहादुर पुन सर्वसंम्मत रुपमा चयन भएका छन ।

लमही नगरपालिका वडा नम्बर ७ का वडासदस्य सुनमाली विकको अध्यक्षतामा सम्पन्न गाउँको भेलाले पुनलाई अध्यक्षमा चयन गरेको हो । लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यलयको सहकार्यमा आइतवार बसेको गाउँले भेलाले पुनलाइ कर्री जनकपुर टोल विकास संस्थाको अध्यक्षमा सर्वसंम्त रुपमा चयन गरेको हो ।

संस्थाको कोषाध्यक्षमा अस्मीता चौधरी, सचिवमा अम्मर चौधरी लगाएत ६ जना सदस्य रहेका छन् । जस्को सल्लाहकारहरुमा खड्क बहादुर वली, खिमलाल पुन र ईश्वरी खड्का रहेका छन । जुन संस्थाको कार्यक्षेत्र भित्र दुइ सय पचाँस घरधुरी संख्या रहेको छ ।

कप्तानगंजको कर्रीखोला देखि जनकपुर सम्मको सँस्थाको कार्यक्षेत्र भित्र पर्छ । नेपाल सरकारको मापद्वण्ड अनुसार प्रत्येक पालिकामा टोल विकास संस्था गठन गर्ने नियम रहेको छ । उक्त भेलामा एक सय जना भन्दा स्थानियहरुको उपस्थिती रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्