ओमप्रकाश गुप्ता
सिसहनियाँ २३ मंसिर । दाङ देउखुरीको राप्ती गाउँपालिकाले जनताको भावना विपरीत राप्ती नदीमा नदीजन्य वस्तु उत्खनन गर्न ठेक्का लगाएकाे भन्दै राप्ती गाउँपालिका वडा नम्बर १ का स्थानीय बासिन्दा अान्दोलित हुदै नदीमै पुगेर धर्ना दिएका छन् ।
वड्कापथ कुलो सिंचाइ अायाेजनाकाे मुहान, अर्घाखाँचीकाे शितगंगा जाेड्ने झाेलुङ्गे पुल, भालुबाङ्ग बजार जाेगाउन गरिएको तटबन्ध क्षेत्र उत्खननले जाेखिममा पर्ने भन्दै स्थानीय अान्दाेलित बनेका हुन् ।
करिब दुई सय ५० जना विरोध प्रदर्शनमा सहभागी भएका छन् । साेमबार स्थानीयले नदीजन्य बस्तु अाेसार पसारमा संलग्न ट्याक्टर चल्न दिएका छैनन । स्थानीयकाे भावना विपरीत ठेक्का लगाएकाले बिराेधमा उत्रिनु परेकाे स्थानीय गेम बहादुर खड्काले बताए ।
यता राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले सबै प्रकृया पूरा गरेर उत्खननकाे लागि ठेक्का लागेकाे र त्यहाँ कुनै जाेखिम नरहेकाे दावी गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।