फिचर

सन्र्दभ ः गणतन्त्र दिवस ‘अझै बिझाउछन गोलीका छर्राहरुले …’

By थाहा अनलाइन

May 29, 2017

गिरिराज नेपाली घोराही । मुलुकले द्वन्द्वकालिन जर–जर अवस्थावाट शान्ती पाएको करिव एक दशक वितिसक्यो । तर अझै मुुलुकले दिगो शान्ती र समृद्धिको निकास पाउन सकेको छैन । द्वन्द्वकालिन समयमा वेपता , घाईते अपाङ र घरपरिवार विहिन भएका व्यक्तिहरु मात्रै होईन । समृद्धि र समुनत नेपालको परिकल्पना गरेका वसेका अधिकार विहिन नागरिकहरुले पनि अझै लोकतान्त्रिक गणतन्त्र मय मुलुकको अनुभुती अझै गर्न सकेका छैनन । चरम राजानितिक अस्थिरताका कारण अन्यौलमा परेको मुलुक राजनितिक खिचातानीको शिकार वन्दै आएको छ । भने नागरिकहरु नयाँ संविधान कार्यन्वयन गरी आफ्नो अधिकार स्थापित हुने प्रतिक्षारतमै वसिरहेका छन ।

मुलुकको एकात्मक राजतन्त्र अन्त्य गरी जनतन्त्रको स्थापित गर्न ०६२÷६३ सालको जनआन्दोलनले नेपालको एक ऐतिहासिक आन्दोलनको रुप लियो । तर त्यो अधिकार र आन्दोलनले स्थापित गरेको लोकतन्त्र र गणतन्त्र नेपाली जनताले अझै उपभोग गर्न सकेका छैनन । ०६२÷६३ जनआन्दोलनका क्रमममा ०६२ साल माघ २६ गते तत्कालिन राज्य पक्षको गोली लागि घाईते हुनु भएको जिउदा शहिद कृष्ण गिरीले भन्नुहुन्छ – लोकतन्त्र र गणतन्त्र ल्याउन कयौले शहिद भए , कयौ आधा मरेर वाँचेका छौ । तर अझै जनतन्त्र सहितको जनअधिकार स्थापित हुन सकेको छैन । जनता लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा पनि अझै अधिकार विमुख भई वाँचिरहेका छौ । उहाँले भन्नुभयो ‘ जनताको अधिकार लागि हामी कोही मृत्यु नै वोकेर जानुभयो । कोही आधाँ वाँचेको छौ । तर अझै जनताले अधिकार पाउन सकेका छैनौ । ‘त्यो देख्दा शरिरमा वसेको गोलीका छर्राले भन्दा , जनताका दुख र पिडाले अझै वढि बिझाउछन । ’ मुलुकमा राजतन्त्र विलए संगै राजनितितन्त्रको उत्पत्ती भएकाले जनताहरु अभैm अधिकार विमुख भईरहेको वताउनु भयो । उहाँले भन्नुभयो ‘सुकुम्वासी , मुस्लीम ,दलित , कमलहरी अवस्था अझै उस्तै छन । उनीहरुले पाउने सामान्य अधिकार पनि पाउन सकेका छैनन । लोकतन्त्र गणतन्त्र् जे तन्त्र भने दुखी गरिव जनताहरु लाई के काम भयो । उहाँले भन्नुहुन्छ ‘हिजो राजा थिए । आज राष्ट्रपति छन । फरक यही नै भयो । तर जनताको दुख केही फेरिएन ।

नेपाल र नेपाली समृद्धि देश र समुनत परिवेश कल्पना वोकी वाँचिरहेको छौ । त्यो अझै पुरा नहुदा हिजो राजतन्त्रको झल्को दिईरहन्छ । उहाँले भन्नुभयो ‘जनता अझै स्वाभिमान र स्वतन्त्रताको अनुभुती गर्न सकेका छैनन । दलहरु आ– आफ्नै स्वार्थमा छन । उनीहरु लाई सत्ता र भत्ता भए पुग्छ जनता के चाहियो र ? गिरीले गोलीले प्वाल पारेका खुट्टा देखाउदै गिरीले गहभरी आसु टिलपिल पार्दै भन्नुभयो ‘मलाई यो खुट्टाको पिरले भन्दा गरिव दुखी जनताको दुखले वढि पिरोल्छ ’ मलाई दुखेर पनि पिरोले पनि केकाम जव नेताहरुले नै नसुने पछि .. । उहाँले खुट्टाका गोलीका छर्रा झिक्ने र जनताले न्याय कहिले पाउछौ भन्दै प्रश्न गर्दै भने ‘सरकार र नेता ज्यु जनताको संविधान जनताको हातमा दिउ ।’ जनता धेरै तिम्रा कमरा भए । अव कमरा नवाउन । जनता लाई अधिकार दिलाउ । हिजो तिमिले नै भनेको थियो । जनताका लागि हाम्रो लडाई हो । तर त्यो वाचाले तिमिले विर्सियौ । सक्छौ भने मुलुक निर्माणका लागि स्वदेशमै रोजगार व्यावस्था गर , गरिवका छोराछोरी लाई पढाउ , राजनितिक लडाई भन्दा मुलुक समृद्धिका लागि सहकार्य गर । होईन भने शहिदको रगत र उनका सपनाले तिमिहरु लाई धिकार्ने छ । उहाँले भन्नुभयो एक पटक जनताको घाउ हेर , त्यो भोकानाङगा सुकुम्वासी गरिव दुखी दलित , कमैया कमलहरीहरुको अवस्था कस्तो छ ? जनताका अधिकार लाई संस्थागत गर । होईन भने तिम्रा मिठा कुराले मात्रै हामी लाई पुग्दैन । यि हाम्रा घाउहरु पुर्दैन । अव काम गरेर देखाउ । शहिद वेपता परिवारका अवस्था उस्तै छन । उनीहरुको छोरा छोरी घरपरिवार विचल्ली छ । ति परिवारहरुको व्यावस्थापन गरी संविधान कार्यन्वयन गरी जनता लाई अधिकार सम्पन्न वनाए मात्रै लोकतन्त्र र गणतन्त्र अभिभारा पुरा गर्न सकिने छ ।

तर अझै जनताले न्याय पाउन सकेका छैनन । जनआन्दोलन र जनयुद्धले संस्थागत गरेको उपलव्धीहरु पुरा हुन सकेको छैनन । जसका कारण जनताहरु निरासा वनि वाँचिरहेका छन । यदी साँच्चिकै जनताको न्यायका लागि राज्यले काम गर्ने हो भने नागरिकहरु लाई अधिकार सम्पन्न वनाई जारी संविधान कार्यन्वयनका लागि दलहरु एकमत हुने पर्ने उनले आग्रह गरे । गिरीले भने अहिले सम्म औषधीको भरमा वाँचेको छु । तर राज्यले एक रुपैया समेत अहिले सम्म दिएको छैन । राहात त छदैछ उही हो । तर जसका लागि आन्दोलन र युद्ध भएको थियो त्यो पनि जनताले अनुभुती गर्न पाएका छैनन । जनता अधिकार स्थापितका लागि आधाँ मरणको जीवन वाँचिरहेको छु । तर अझै हामी सर्भौम जनताहरु दलिय दासताको मुक्त हुन सकेको छैनौ । अझै उनैका दासी वनाई झुठको खेती गरीरहेका छन । अव अझै झुठले जनता लाई ढाट्ने काम होईन । अधिकार दिलाई न्याय दिलाऔ । तव मात्रै दलहरु जनताका लागि हुन भन्ने जनताले वुझ्ने छन । होईन भने तिमीहरुले सधै हामी लाई भोटरका रुपमा मात्रै प्रयोग गर्ने हौ ।