चिसोका कारण रोल्पाको जनजिवन कष्टकर



रेशम विक

रोल्पा १२ कर्तिक । रोल्पामा कार्तिक महिना नै जिल्लामा चिसो बढेको छ । चिसोले गर्दा वृद्ध बृद्धा देखि बाल बालिका सम्ममा समस्यामा परेका छन ।चिसो बढे संगै जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले सबैलाई सर्तक रहन आग्रह गरेको छ । चिसोका कारण बृद्ध बृद्धाहरुमा दम, रुघाखोकि जस्ता समस्या आउनुका साथै बच्चा–बच्चिहरुमा पनि रुघाखोकि, ज्वरो आउने, निमोनिया लगायतको समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका अहेव कुलबहादुर डाँगीले जानकारी दिनुभयो ।जाडोको समयमा बिहानै बाहिर ननिस्कन, तातो कपडा लगाउन, बाक्लो र सफा कपडा लगाउन तातो झोलिलो पदार्थ खान उहाँले सुझाव दिनु भएको छ ।भर्खर जन्मिएको बच्चालाई ६ महिनासम्म आमाको दुध मात्र प्रशस्त खुवाउने, बच्चा ६ महिना पुगेपछि आमाको दुधको साथसाथै अन्य नरम र पोषिलो खाने कुराहरु खुवाउने साथै नियमित सवै खोप दिनु पर्ने वताउनुभयो । यति गर्दा पनि वृद्धा–वृद्वि तथा बच्चा बच्चिहरुमा एक्कासि ज्वरो आएमा, दम बढेमा, बच्चाले सास छिटो– छिटो फेरेमा तुरुन्त नजिकैको स्वास्थ्य सस्थामा जाँच गराउन समेत अहेव डाँगीले आग्रह गर्नुभएको छ । जिल्लामा चिसो बढ्नाले पसलहरुमा न्यानो कपडाहको विक्रि वितरणमा वृद्धि भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्