यौनकाण्ड लुकाउन दिदिले गरिन् भाईको हत्या



सैघाली खबर
सिरहा, १२ कार्तिक ।  सिरहाको कर्जन्हा– २ की एक युवतीले आफ्नो यौन सम्बन्ध लुकाउन आफ्नै भाइ ‘ठूलोबुबाको छोरा’को हत्या गरेको खुलेको छ ।

कुसुमलाल यादवका १३ वर्षीय छोरा भवेशको कात्तिक पहिलो साता हत्या भएको थियो । ३ गते हराएका उनको शव घर ननिकै वनमारा घारीमा कुहिएको अवस्थामा दुई दिनपछि भेटिएको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा प्रहरीले भवेशका काकाकी छोरी प्रियंका यादव र सञ्जय साहलाई पक्राउ परेको छ । प्रियंका १६ वर्ष र सञ्जय १४ वर्षका मात्र भए । तर, उनीहरुले आफ्नो यौन सम्बन्ध लुकाउन भवेशको हत्या गरेको खुलेको छ ।

प्रहरीका अनुसार भैंसी चराउन गएको वेलामा प्रियंका र सञ्जयलाई भवेशले आपत्तिजनक अवस्थामा देखेका थिए । भवेशले यसबारे घरमा जानकारी दिने भनेपछि दुबैले मिलेर हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीका अनुसार भवेश र सञ्जय मिल्ने साथी हुन् र एउटै विद्यालयमा कक्षा ४ मा पढ्थे । हत्याको योजना बनाएपछि उनीहरुले ‘पटका र एउटा मोबाइल भेटेका छौं’ भन्दै प्रियंका र सञ्जयले भवेशलाई घर नजिकैको जंगलमा लगे ।

सञ्जयले प्रहरीलाई बयान दिएको बयान अनुसार उनीहरुले पटका खाल्डो खनेर लुकाएका छौं भन्दै खन्न लगाए र त्यही बेला गर्धनमा खुकुरी प्रहार गरी हत्या गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्