१३ औं साग आज सकिदै



काठमाडौं । १३ औं संस्करणकोंं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आज सकिदैछ ।

नेपालका मुख्य तीन शहरमा सञ्चालन भएको दक्षिण एसियाकै सबै भन्दा ठुलो खेल महोत्सवको मंसिर १५ गते औपचारिक उद्घाटन भएको थियो ।

प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा सहभागीता जनाएका छन् ।

आयोजक नेपाल सहित भुटान, भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान र श्रीलंकाले सागमा प्रतिस्पर्धा गरेका छन् ।

दक्षिण एसियाली राष्ट्रलाई खेलकुदको माध्यमबाट जोड्ने उद्वेश्यकले सन् १९८४ मा सागको सुरुवात नेपालबाट भएको थियो । सन् १९९९ मा सागको दोस्रो पटक आयोजना गरेको थियो ।

नेपालले तेस्रो पटक प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण सहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा भएको हो ।

तर अन्तिम समयमा सहभागी टिमको संख्या नपुगेपछि प्याराग्लाईडिङलाई प्रतियोगितामा समावेश गरिएको थिएन । केही पदकको टुङ्गो अन्तिम दिन समेत लाग्दैछ ।

अन्तिम दिनसम्म भारत १ सय ७२ स्वर्ण सहित पदक तालिकामा अगाडी छ । आयोजक नेपाल ४९ पदक सहित दोस्रो स्थानमा छ ।

नेपालले सागको ईतिहासमा सबैभन्दा धेरै स्वर्ण पदक जित्न सफल भएको हो । पछिल्लो पटक घरेलु भुमिमा भएको आठौं सागमा नेपालले ३१ वटा स्वर्ण पदक जितेको थियो ।

प्रतियोगिताको आयोजनका लागि राज्यको झण्डै साढे ५ अर्व रुपैयाँ खर्च हुने बताईएको छ ।

भब्य समापनको तयारी

आयोजक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपले सागको समापनलाई भब्य बनाउने तयारी गरेका छन् । समापन समारोह अगाडी पुरुष फुटबल टिमको फाईनल खेल हुनेछ ।

त्यसपछि करिब साढे १ घण्टा समापन समारोह चल्नेछ । कार्यक्रमलाई सागको ओलम्पिक काउन्सिल, राखेप सदस्य सचिव, युवा तथा खेलकुद मन्त्रीले सम्बोधन गर्नेछन् ।

साग विजेता खेलाडीलाई मुख्य अतिथीबाट विशेष प्याकेज घोषणा गर्ने तयारी छ । लगत्तै १४ औं साग आयोजनाको झण्डा पाकिस्तानलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । खेलपाटीबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्