सागको अन्तिमदिन आज दर्शक र पत्रकालाई प्रहरीले गर्यो लाठी चार्ज




तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार अन्तिम दिन फुटबलको प्रतिस्पर्धा हुने त्रिपूरेश्वर स्थित दशरथ रंगशाला बाहिर प्रहरी र दर्शकबिच झडप भएको छ ।

भुटानसँग हुने नेपालको फाइनल खेलको टिकट लिन गएका दर्शकहरु टिकट सकिएको थाहा पाएपछि विरोधमा उत्रिएका थिए । त्यसपछि प्रहरीले उनीहरुमाथि लाठी चार्ज गरेको हो ।

दर्शकमाथि गरेको लाठी प्रहारको फोटो खिचिरहेका पत्रकार सुमन चापागाईँमाथि पनि प्रहरीले आक्रमण गरेको छ । पत्रकार चापागाईँको कानमा चोट लागेको छ । प्रहरीले केही दर्शकलाई भ्यानमा राखेर लगेको त्यहाँ रहेका पत्रकारहरुले बताएका छन् ।

दशरथ रंगशालाको क्षमता १५ हजार दर्शकको हो । साग फाइनलका लागि टिकट खुलेको तीन घण्टा नपुग्दै सकिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्