नाबालक छोराको साहारामा जिवन ज्युदै रोमलाल



सिसहनियाँ २४ मंसिर । धूलो र मैलोले कटकटिएका छन् । उनका ओढ्ने, बिछ्याउने अनि लगाउने कपडाहरु । विचरा रोमलाल गिरीको अत्यन्तै दर्दनाक अवस्था छ । साथमा ९ वर्षको सानो नाबालक छोरा मनोज गिरी छन् । तिनै नाबालक मनोजका भरमा चलेको छ, यी गिरी बावुछोराको दिनचर्या ।

बिहानै उठेपछि तिनै नाबालक मनोजले घरमा काम गर्न शुरु गर्छन् । घरमा बढार कुढार, जुठो भाडो, अनि भान्साको काम सबै काम आफै गर्छन् मनोजले । अनि अपांग बाबुलाई खानापिना गराएर हतार हतार विद्यालय जान्छन् उनी । पÞmेरि विद्यालयबाट फर्केर आएपछि पनि घरको काम गर्नुपर्छ मनोजले ।

पिलोमाथी पीडा, भनेझैं मनोजकि आमाले उनी ३ वर्षको छदै अर्कै नौजवान परपुरुषसित उनलाई चटक्कै छोडेर गइन् । राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी निवासी गिरी दक्षिणी भारतको चेन्नई शहरमा मनोजका बाबु रोमलाल एउटा साहुकहा नोकरी गर्थे । नोकरीमा लागेको दुई वर्ष पनि नपुग्दै रोमलाल एक्कासी लडेर उनको ढाड भाचिन गयो । साहुले केही रकम खर्च गरेर सल्यक्रिया ९ अपरेसन गराइदियो । साथी उनको लागि एउटा पाङ्ग्रे कुर्सी ९ ह्वील चेयरको व्यवस्था पनि गरिदियो ।

त्यस्तो कन्तविजोग अवस्थामा नै मौका छोपेर मनोजकी आमा अर्को लोग्ने मान्छेशीत गइन् । तीन वर्षको नाबालक छोरा मनोज साथमा, आफू अरुको सहयोगले ह्विल चेयरमा बस्नुपर्ने । अब कहाँ जाने रु र कसो गर्ने रु भन्ने कुरामा केही सोच्नै सकेनन्, मनोजका बाबुले ।
धन्न, प्युठान धर्मावती मानागाउँ निवासी मिठु पुरी र अन्य केही नेपाली साथीहरूको सहयोगमा रोमलाल त्यस नाबालकलाई च्यापेर नेपाल फिरे ।
दाङ देउखुरीको लालमटिया नजिकै बराखुट्टीमा टिनको छानाको एक कोठाको घर बनाउन भ्याए रोमलालले । पूर्वपश्चिम महेन्द्र राजमार्गमा जोडिएको छ, उनको घर । धेरै कुराले सुगम ठाँउ भए तापनि यी गिरी बाबुछोराको अवस्था निकै नाजुक छ । साझ बिहान् के खाने रु के गर्ने त , यो समस्या हुँदाहँुदै यस्तो जाडोमा ओढ्ने ओछ्याउने अनि लगाउने नानाको पनि उत्तिकै दर्दनाक अवस्था छ उनीहरूको । यसअघि पनि यसैगरी उनका बारेमा समाचारहरु नआएका होइनन् । तर पनि उनीहरूको आवश्यकता अनुसारको सहयोग भने खासै आएन । जेहोस, अझै पनि मनकारी दाताहरूको आउने बाटो हेरेर मीठो मुख बनाएर बुवा छोराले दिनहरु गुजारिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्