छात्रामैत्री शौचालय र सेनेटरी प्याडको प्रयोगले छात्राहरु विद्यालयमा नियमित



बाजुरा जिल्लाको बुढीगंगा नगरपालीकामा रहेको भानोदय मावि टाँटेमा महिनावारी भएको छात्राहरुलाई सेनेटरी प्याड वितरण गरे पछी विद्यालयमा महिनावारी भएको छात्राहरु नियमित विद्यालयमा आउने गरेका छन ।

महिलाका लागि किशोरावस्थामा हुने परिवर्तनमध्ये महिनावारी पनि एक हो। महिनावारीलाई प्रजनन् क्षमता विकासको संकेत र किशोरावस्थाको परिर्वतनका रुपमा लिएपनि बाजुरा जिल्लामा यो महिनावारी हुने प्रचलन सबैका लागि सहज अवस्था रहेको छैन ।

विद्यालय उमेरका छात्राहरुका लागि निकै जटिल हुने गर्दछ । नियमित सरसफाइ, गाउँमा रहेको पुरानो चलन अनुसारको रहनसहन, शारिरीक रुपमा हुने समस्याले थप पीडा सहनु पर्ने बाध्यता छात्राहरुसँग छ। जसका कारण उनिहरुले नियमित विद्यालय जानसमेत सक्दैन भने पठनपाठन कार्यसमेत प्रभावित हुने गरेको देखिन्छ ।

महिनावारी भएको समयमा रगत बग्ने, पेट दुख्नेजस्ता समस्याले नियमित विद्यालय नगएरै घर बस्ने गर्दा प्रत्येक महिनाको ५ दिन बढी समय पढाईबाट वञ्चित हुनुपर्ने समस्या छात्राहरुसँग हुने गरेको बताउछन भानोदय माविका छात्रा सुसिला धामी ।

यता भानोदय माविका सह शिक्षक लक्ष्मीराज जोसीले भने पीसविन बाजुरा र सामुदायिक विकास परियोजनाको सयोगमा छात्राहरुाई विद्यालयमा सेनेटरी प्याड वितरण गरे पछी छात्राहरुले महिनावारी भएको समयमा सेनेटरी प्याड प्रयोग गर्न थाले पछी विद्यार्थीहरु नियमित विद्यालयमा आउने गरेको सह शिक्षक जोसीले बताए । महिनाबारी भएको सुरुको एकदुई दिन अधिकांश छात्रा विद्यालयमा नआउने गरेका थिए, विद्यालयमा छात्रामैत्री शौचालयकको निर्माण र प्याडको प्रयोग कार्य बढेपछि त्यो समस्या हटेको जोसीले बताए ।

सामुदायिक विद्यालयको हकमा विद्यालयमा अलग शौचालय नहुने, दुखाई हुँदा आवश्यक हेरचाह र आरामका लागि विद्यालयले वास्ता नगर्ने र रगत बग्दा त्यसको उचित व्यवस्थापन नगर्दा महिनावारी भएको छात्राहरुलाई गिजेउने गर्ने भएको हुदाँ अहिले त्यो हटेको छ, बताउछन कक्षा १० माअध्यानरत विद्यार्थी उर्मिला धामीले बताए।

प्याड प्रयोग नगर्नु पूर्व अधिकांश छात्रा विद्यालय आउँदैनन् थिए, ४० प्रतिशत हाजिरीसमेत ६ कक्षा माथि पढ्ने छात्राको पुग्दैन थियो, अहिले तीनै छात्राहरु सत प्रतिशत विद्यालय आउने गरेको भानोदय माविका शिक्षीका सृजना जोसीले बताए। विद्यालयमा पीसविनले १३ सय थान प्याड सहयोग गरेको छ। भने छात्रामैत्री शौचालय, प्याड व्यवस्थापन गर्ने डम्पीग साइड पनि बनाइएको शिक्षीका जोसिले बताए ।
प्याड प्रयोगपछि सजिलो भएको भानुदय मावि कक्षा ११ मा पढ्ने छात्रा रामदेवी धामीले बताइन्। २ र ३ दिनसम्म त घरमै बस्ने गथ्र्ये, विद्यालय आउँदा कुर्ताबाट रगत बगेर बस्ने बेञ्चमा लाग्थ्यो, साथीहरु गिज्याउने गथ्र्ये, कक्षा ९ सम्म त्यही समस्या भोगेँ हाल त्यो समस्या छैन, महिनावारी भएपनि नियमित विद्यालय आउने गरेको बताउछन ।

छात्राहरुलाई प्याड निर्माणको तालिम पनि दिइएको छ। भने बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका १० वटा मावि र निमाविमा प्याड सहयोग गरिएको पीसविन सामुदायिक विकास परियोजना अधिकृत टेकबहादुर थापाले बताए। प्रत्येक विद्यालयमा ८ सयका दरले प्याड वितरण गरिएको छ। भने कक्षा ९ र १० का छात्राहरुलाई आफै निर्माण गर्ने तालिम पनि दिइएको छ।
प्याड प्रयोग नगर्दा प्रष्टै रगत बग्ने, बेञ्चमा समेत चिनारी देखिने समस्याकै कारण चाहेरपनि छात्राहरु विद्यालय आउँदैन थिए, उपस्थिति दर पनि कम थियो,

छात्राका समस्या हामीलाई थाह हुन्थ्यो, तरपनि मौन बस्नु पर्ने अवस्था थियो, जब सेनेटरी प्याडको सहयोग भयो, र छात्राहरुले आफै निर्माण गर्न थाले, उनीहरुलाई मात्र सहज भएन, विद्यालयकै नियमित उपस्थित हुने दर र शैक्षिक गुणस्तरमा सुधार भयो, शिक्षिका सृजना जोसीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्