दाङ। दाङ देउखुरीको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा अध्ययनरत वि.वि.एस र वि.एड दोस्रो,तेस्रो र चौथो वर्षका विद्यार्थीहरुले मंगलवार एक कार्यक्रमका बिच वि.वि.एस र वि.एड प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत गरेका छन् । विद्यार्थी कल्याणकारी समितिको आयोजना स्वागत कार्यक्रम भएको हो ।
समितिका अध्यक्ष धुव्र बेल्वासेको अध्यक्षता एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरु क्याम्पसलाई टाइमपास नबनाई शिक्षाको घर बनाई अनुशासित तरिकाले अध्ययन गर्न सुझाव दिएका थिए । विद्यार्थी मालती गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केशवराज खनाल, क्याम्पस प्रमुख विष्णुप्रसाद भुसाल, साहायक क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली,पव्लिक प्रध्यापक संघका अध्यक्ष रामकृष्ण पौडेल, पत्रकार ओमप्रकाश गुप्ता र विद्यार्थी हरिप्रसाद शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थीहरु सुशिला आचार्य र विमल रानामगरले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।