मानव विकासको सुचंकाकमा नेपाल १४७ औ स्थानमा




नेपाल विश्व मानव विकास सुचंकाकको १४७ औ स्थानमा परेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले आज सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा नेपाल विश्व मानव विकास सुचकांकको मध्यम श्रेणीमा परेको हो ।

मानव विकासको सुचंकाकमा १ सय ८९ मुलुक मध्ये नेपाल १४७ औ स्थानमा रहेको छ । यो अफ्रिकी मुलुक केन्याको समान हो । सन १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सुचकांकमा ०.५२६ ले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यस अवघिमा नेपालमा जन्मदर औसत आयु १६ दशमलब १ रहेको छ भने विद्यालय शिक्षाको मध्यम वर्ष २ दशमलब ८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४ दशमलब ७ वर्षले वृद्धि भएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले काठमाडौमा सार्वजनिक गरेको प्रतिवेदनले एसिया प्रसान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार हुदै गएको देखाएको छ । दक्षिण एसियामा मानव विकासमा उल्लेख्य सुधार भए पनि सन्तोषजनक र असन्तुलित रहेको प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियामा औसत आयु र बालबालिकाको विद्यालय जाने अविधिमा ठूलो बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले नयाँ प्रकारका असमानता, प्रविधि, शिक्षा, जलवायुजस्ता समस्याले दक्षिण एसीया प्रभावित हुने औल्याएको छ । प्रतिवेदनले सामाजिक बहिष्करण, लैंगिक विभेदलगायतका समस्या प्रगतिको बाधक भएको निष्कर्ष पनि निकालेको छ ।

यता, विश्व मानव अधिकार दिवसको अवसरमा आज काठमाडौंमा प्रभातफेरी निकालिएको छ । भृकुटीमण्डपबाट निकालिएको प्रभातफेरी विभिन्न स्थानको परिक्रमापछि शान्ति बाटिकामा पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा विभिन्न मानव अधिकारवादी संघ, संस्थाको सहभागिता थियो । प्रभातफेरीमा सहभागीहरुले नेपालमा मानव अधिकारको अवस्था दयनीय रहेको भन्दै मानव अधिकार रक्षाका लागि सरकारसंग आग्रह गरेका छन् ।

उनीहरुले महिला अधिकार र बालअधिकारको क्षेत्रमा पनि समस्या रहेको भन्दै सबैको अधिकारप्रति गंभिर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्