साढे ११ किलो चरेससहित एक जना पक्राउ



पर्सा प्रहरीले साढे ११ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १९ का ६० वर्षीय रामबालक वैठा रहेका छन् ।

उनलाई ११ किलो ८ सय ग्राम चरेससहित सोमबार राति गण्डक चौकबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। वीरगन्ज १४ गण्डकमा सवारीसाधन तथा पैदल यात्रु चेकजाँच गर्ने क्रममा जितपुरतर्फबाट साइकल चलाउँदै वीरगन्ज आइरहेका वैठालाई चरेससहित समातिएको प्रहरीले जनाएको छ।

उनलाई लागुऔषध कारोबार तथा ओसारपसार नियन्त्रण ऐनअनुसार आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्