जब लेखक र पात्र रोए



सैघाली खबर
दाङ, १२ कार्तिक । पुस्तक समीक्षामा पुस्तककै पात्र विरलै मात्र उपस्थिति हुन्छन् । अझ साहित्यिक लेखनमा त पात्र नै अमूर्त हुन्छन् तर विवरण शैली ९रिपोर्ताज०का पुस्तकमा पात्र त वास्तविक हुन्छन् तर पुस्तक समीक्षामा पात्रको उपस्थिति हुँदैन । कतिपय पुस्तक त त्यसका पात्रले अध्ययन नै गर्न पाएका हुँदैनन् । तर, दाङमा भने एउटा पुस्तकको फरकढंगले समीक्षा कार्यक्रम आयोजना गरियो, जहाँ पुस्तकको समीक्षा मात्र गरिएन्, पुस्तकका पात्र साक्षात् उपस्थित भएर आफ्नो बयान दिए ।

पश्चिम तराइका पाँच जिल्लामा सदियौंदेखि जरा गाडेर केही बर्षअघि मात्र उन्मूलन गरिएको कम्लरीप्रथामा आधारित भएर पत्रकार दुर्गालाल केसीले लेखेको ‘जीवन बदल्नेहरु’को समीक्षा कार्यक्रममा त्यस्तै दृश्य देखियो । कार्यक्रममा पुस्तकका तीन पात्र नै उपस्थिति भए र उनीहरुले आफ्नो जीवन कहानी पनि सुनाउन पाए । जब पात्रहरुको बोल्ने पालो आयो, हल नै स्तब्ध भयो ।

दाङको नारायणपुरमा कक्षा २ मा अध्ययन गर्न थालेको बेला बुवाको निधन भएपछि कम्लरी बस्न बाध्य सरस्वती चौधरी बोल्ने क्रममा मन थाम्न सकिनन् र डाँको छाडेर रोइन् । यो दृश्य देख्न नसकेर हल स्तब्ध भयो भने लेखक केसीलाई पनि रुवायो ।

पुस्तकका मात्र रहेका तीन पात्र सरस्वती चौधरी, बिष्णु चौधरी र बिष्णु चौधरी मञ्चमा पुगेर आफ्ना पीडा सुनाउँदै संघर्षशील जीवन जीउन चाहनेलाई उर्जासमेत दिए । लामो समय कम्लरी बसेका यी ती पात्रमध्ये सरस्ववती स्नातकोत्तर तथा बिष्णु कानूनतर्फ एलएलबी अध्यन गर्छिन् । अर्की बिष्णु कम्प्युटर अप्रेटरको रुपमा जागीर गर्दैछन् ।

तीनैजनाले आफ्नो पीडादायी विगत र प्रेरणादायी संघर्ष सुनाउँदै भने– हामी झमक घिमिरेको कथा पढेर बाँचेका थियौं, अब केही नयाँ गर्न चाहनेका लागि हाम्रो जीवन प्रेरणादायी बनोस् ।
साभारः सिस्ने अनलाईन 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्