प्रेस संगठन धनुषाको संयोजकमा शैलेन्द्र महतो ‘क्रान्ति’



प्रेस संगठन नेपाल धनुषाको संयोजकमा शैलेन्द्र महतो ‘क्रान्ति’ चयन भएका छन् । प्रेस सेन्टर र नेपाल चौतारीबीच मंगलवार बसेको एकता भेलाबाट क्रान्तिलाई सर्वसम्मतीले संगठनको संयोजक चयन गरिएको हो ।प्रेस संगठन प्रदेश २ का संयोजक हिरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले चयन गरिएको १५ सदस्यीय कार्यसमितीको सह संयोजकको जिम्मेवारी अवधेस कामतलाई दिइएको छ ।

यस्तै सदस्यहरुमा उमेश झा, नवीन प्रियदर्शी, भगलु मण्डल, जिव नरायण झा, शैलेस लाल दास, रुपेश सिंह, सन्तोष मिश्र, विजय जैसवाल, दिपक मिश्र, गोविन्द महतो, राजेश सक्सेना, नेहा झा र विनोद महतोलाई चयन गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्