सिरहाको मारुती सिमेन्ट उधोगमा मजदुर आत्महत्या : बिरोधमा प्रदर्शन



महेश सिंह, सिरहा

सिरहाको सिमेन्ट उधोगमा एक मजदुरले आत्महत्या गरेको छ् । त्यसको विरोधमा पुर्वपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरिरहेको छ ।

उधोगमा बिगत २ वर्षदेखी कार्यरत रहेको २१ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछि आत्महत्या गरे पछि मृतका आफ्न्तहरुले विरोध सुरु भएको छ । व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको प्रहरीले बताएका छन ।

मारुती सिमेन्टमा काम गर्ने मजदुर,स्थानीय लगायतले उधोग अगाडि सडकमा टाईर बालीको गाडी अबरुद्ध गरि प्रदर्शन गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्