ओमप्रकाश गुप्ता
लमही । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको गाडी शब बाहानको रुपमा प्रयोग भएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्य समितिका सदस्य ऋषिराज रावत क्षेत्रीको स्वर्गीय आमाको शब बोक्नको लागि उक्त गाडीको प्रयोग गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको बा ९ च ६४१६ नम्बरको टाटा कम्पनीको हापडालाको गाडीलाई संस्थाका कार्यसमितिका सचिव सनम पौडेलले कार्यसमितिकै सदस्य ऋषिराज रावत क्षेत्रीको आमाको शब बोक्नका लागि उक्त गाडी प्रयोग गरेका हुन् । सो गाडी मंगलवार बिहान बनगाउँ देखि राप्ती नदी सम्म प्रयोग गरिएको थियो ।
लमही नगरपालिका ३ बनगाउँ निबासी लमही खानेपानीका कार्य समितिका सदस्य ऋषिराज रावत क्षेत्रीको आमाको शब बोक्न उक्त गाडीको प्रयोग गरिएको हो । सार्बजनिक सम्पत्तीको दुरुपयोग गर्र्दै ब्यक्तीगत प्रयोजनको लागि संस्थाको गाडीलाई शब बाहनको रुपमा प्रयोग गरेको भन्दै उपभोक्ताहरुले असन्तुष्टी जनाएको छन् ।
सो बिषयमा लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डिराम चौधरीले आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । भने संस्थाका सचिव पौडेलले भने संस्था भित्रकै कार्य समितिको सदस्यको आमा वितेको हुँदा प्रयोग गरिएको बताएका छन् । उनले संस्थामा यो नियम रहेकाले प्रयोग गरिएको प्रतिक्रिया दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।