लोकसेवा आयोगले माग्यो १०९६ अधिकृत !



काठमाडौं, मंसिर २५ । लोकसेवा आयोगले निजामती सेवाको शाखा अधिकृत वा सो सरह पदका लागि १ हजार ९६ पदमा आवेदन माग गरेको छ।

आयोगले बुधबार सूचना निकालेर निजामती सेवाका विभिन्न सेवा समूहअन्तर्गत खुलातर्फ ४१९, बढुवा (कार्य सम्पादन मूल्याङ्कन र कार्यक्षमता)तर्फ ३२८, आन्तरिक प्रतियोगितातर्फ तीन, महिलातर्फ ३४९, आदिवासी जनजातीतर्फ ९१, मधेशीतर्फ ८१, दलिततर्फ ३१, अपाङ्गतर्फ १७ र पिछडिएको क्षेत्रका लागि १५ पदका लागि विज्ञापन गरेको हो।

प्रशासन सेवाअन्तर्गत सामान्य प्रशासन समूहका लागि ५६० पद माग गरिएकोमा बढुवामा १६८ रहेको छ। यसैगरी प्रशासन सेवा राजस्व समूहमा ६९ पद माग गरिएकोमा बढुवातर्फ २० रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्