काठमाडौं , मंसिर २५ । प्रधानमन्त्री केपी ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीहरुलाई बालुवाटार बोलाएका छन् । खेलाडीहरुलाई दिउसो सवा २ वजे आमन्त्रण गरिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाल जानकारी दिए ।
सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बधाई दिन बालुवाटार बोलाएका हुन् ।
नेपाल सरकारले राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्ने थापाले ट्वीटर मार्फत जानकारी दिएका छन् ।
१३औं सागमा नेपालले ५१ स्वर्ण जित्दै दोस्रो भएको छ । नेपालको रजत र कास्यको संख्या भने क्रमशः ६० र ९५ छ । यसरी नेपाले यति धेरै पदक जितेर ऐतिहासिक बनेको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।