माबि दुधरासले महायज्ञ संचालन गर्ने




सैघाली खबर
दाङ १३ कार्तिक । ‘शिक्षाका लागि दान’ भन्ने मुख्य उदेश्यका साथ माबि दुधरासले महायज्ञ संचालन गर्ने भएको छ । सोमबार बिद्यालय व्यवस्थापन समिति, शिक्षक , अबिभावक समाजसेवी, बुद्धिजिबी, पत्रकार राजनितिक दल स्थानिय सर्वसाधारणको भेलाले महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको हो । डिप्लोमा तहको ईन्जिनिरिङको पढाई सञ्चालन गर्नका लागि महायज्ञ सञ्चालन गर्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिनुभयो । ईन्जिनिरिङ तहको पढाई सञ्चालन गर्न झण्डै एक करोड खर्च लाग्ने भन्दै आर्थिक जोहो गर्न महायज्ञ सञ्चालन गर्न थालेको वताउनुभयो । आगामी माघको पहिलो साता सञ्चालन गरिने महायज्ञमा पण्डित दीनबन्धु पोखरेल आउने समेत बिबकले जानकारी दिनुभयो । भेलाले महायज्ञ सञ्चालनका लागि मुल समिति गठन गर्ने समेत निर्णय गरेको छ । विद्यालयको आर्थिक अबस्था कमजोर हुदा तत्काल ईन्जिनिरिङ तहकाको पढाइ सञ्चालन गर्ने अबस्था नरहेको भन्दै सबैको सहयोग प्राप्त भए छिटै पढाई सञ्चालनमा आउने वताउनुभयो । भेलालाई सम्बोधन गर्दे तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले माबि दुधरासले ईन्जिनिरिङ तहकाको पढाई सञ्चालन गरे १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने वताउनुभयो ।

दाङमा प्राविधीक शिक्षा सञ्चालनका लागि बोर्ड बैठकले एक करोड रुपैयाँ बजेट छुट्याएको वताउँदै कुनै पनि उपमहानगरपालिका क्षेत्रका बिद्यालय ,तथा कलेजहरुले प्राविधिक शिक्षा सञ्चालन गरे १० ÷ १० लाखका दरले रकम उपलव्ध गराउने वताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मेयर पाण्डेले समाज रुपान्तरका शिक्षा प्रणाली बदल्नु पर्ने उल्लेख गर्दे जीवन उपयोगी शिक्षामा सबैले जोड दिनु पर्ने बताउनुभयो । क,ख,रा पढ्नु मात्र शिक्षा होईन जीवन रुपान्तरण सहित समाज विकासको गर्नु आजको मुख्य आबश्यकता हो उहाँले भन्नुभयो । प्राविधीक शिक्षा आजको आबश्यकता भएको उल्लेख गर्दै महायज्ञ सञ्चालनका लागि सहयोग गर्ने बताउनु भएको थियो । कार्यक्रममा बोल्दै घोराही नगरपालिकाका पूर्व मेयर अमरबहादुर डाँगीले देशमा दक्ष जनशक्ति उत्पादन भए मात्र विदेशी लगानी भित्रिने वताउँदै त्यसका लागि प्राविधिक शिक्षाको स्थापना गर्नु पर्ने वताउनुभयो ।

हाम्रा मुल्य मान्यताको अलौकिक व्याख्या भएको वताउँदै महायज्ञलाई भौतिक विकास र सामाजिक विकास संग संगै जाडेर लैजान सुझाब दिनुभयो । श्रमको सम्मान गर्न नजानेका कारण देश पछाडि परेको वताउँदै विदेशमा निर्माण हुने फालो स्वदेशमै निर्माण गर्न युवाहरुलाई आग्रह गर्नुभयो । विद्यालयका प्र.अ. हिम बहादुर डाँगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा श्रोत व्यक्ति मुकुन्द रिजाल, नेपाल संस्कृत विश्बविद्यालयका प्रतिनिधी खिमबहादुर केसी, विद्यालयका सस्थापक तिलकबहादुर डाँगी, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली , लगाएतकाले आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समतिका अध्यक्ष देवराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वि.वि.स.का सदस्य गिरिराज पाण्डेले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्