टप फिचर

नारायणगढ–मुग्लिङ सडक शुक्रबारदेखि दैनिक चार घण्टा बन्द

By Thah Online

December 11, 2019

आउँदो शुक्रबारदेखि लगातार १४ दिनसम्म मुग्लिङ–नारायणगढ सडकखण्ड हरेक दिन चार घण्टा बन्द हुने भएको छ।

नारायणगढ–मुग्लिङ सडक आयोजनाले बुधबार सूचना जारी गर्दै पहिरो रोकथामको काम बाँकी रहेका आठ ठाउँमा कामको लागि चार घण्टा सडक बन्द गर्ने जनाएको हो।

शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुनेछ। उक्त समयमा सवारी आवागमन नहुने सूचनामा जनाइएको छ। नारायणगढबाट छिर्ने यात्रुवाहक सवारीसाधनहरुलाई पन्ध्र किलो बजारमा र मालवाहक सवारीसाधनलाई दासढुंगामै रोकिने आयोजनाले जनाएको छ ।

यस्तै मुग्लिङतर्फ उक्त समयमा यात्रुवाहक सवारीसाधन काठमाडौंबाट आउनेलाई मुग्लिङ बजारमा र पोखराबाट आउनेलाई बेनीटारमा रोकिने जनाइएको छ यस्तै, मालवाहक सवारीसाधनमा काठमाडौंबाट आउनेलाई लेवाटारमा र पोखराबाट आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजनाले जनाएको छ ।