वेवारिसे बालिकालाई परिवारको जिम्मा



 

सैघाली खबर
दाङ ,१३ कार्तिक असहाय बाल बिकास नेपाल दाङमा राखिएकी एक वेवारिसे बालिकाको परिवारलाई जिम्मा लगाईएको छ । बालिकाका परिवारलाई सोमबार भेटी जिम्मा लगाईएको हो । ईलाका प्रहरी कार्यालय खिलतपुरले वेवारिसे अबस्थामा भेटाएपछि ती बालिकालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको जिम्मा लगाएको थियो । त्यसपछि ईलाका प्रहारी कार्यालय तुलसीपुरले ती बालिकाको पालन पोषण तथा शिक्षा दिक्षाका लागि यहि कात्र्तिक ६ गते दाङको बिजौरीमा रहेको असहाय बाल बिकास नेपालमा जिम्मा लगाएको थियो । ववई गाउँपालिका ६ बगाले घर भएकी वालिका लिलावती राणालाई ईलाका प्रहरी कार्यालय तुलसीपुर, असहाय बाल बिकास नेपाल र न्युसिपिसिको रोहबरमा परिवारलाई जिम्मा लगाईएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक रमेश बिष्ट, असहाय बाल बिकास नेपाल बिजौरीका अध्यक्ष बिष्णु चौधरी, न्युसिपिसिका अध्यक्ष नबराज लामिछाने, तुलसीपुर उपमहानगरपालिकाका समाज कल्यान अधिकृत टोप बहादुर डाँगीको रोहबरमा उनका वुवा पले रानालाई जिम्मा लगाईएको थियो ।साथै बालिकालाई नबजागरण महिला तथा बाल संरक्षण केन्द्र न्युसिपिसी तुलसीपुरले यातायात र पठन पाठन गरी करिब ३ हजार तीन सय रुपैया उपलब्ध गराईएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्