दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई सरकारले नगद् ९ लाख रकम पुरस्कार दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई बोलाएर पुरस्कारको घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले रजत जित्ने खेलाडीलाई नगद् ६ लाख तथा काश्य जित्नेलाई तीन लाख नगद पुरस्कारको घोषणा गरेका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।