पत्रकार कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन




सागको अन्तिम दिन दशरथ रंगशालामा पत्रकार कुटिएको घटना छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले एक समिति गठन गरेको छ ।

एसएसपी श्यामलाल ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा डिएसपी श्यामसिंह चौधरी र मनोहर श्रेष्ठ सदस्य छन् । उक्त समितिले छानबिन गरेर प्रतिवेदन बुझाएपछि सोही अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

रंगशालामा नागरिक दैनिकका पत्रकार सुमन चापागाईं र अन्य सर्वसाधारण कुटिएका थिए । उनीहरुलाई डिएसपी रुगम कुँवर र सन्तोषसिंह रौठरले कुटपिट गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्