सुनवल
श्री जनता आधारभुत बिद्यालय सुनवल १२ हरकटटामा भोलि बिहीबार बाट श्रीमदभागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञानमहायज्ञ २०७६ हुने भएको छ । यहि मंसिर २६ गते देखि पुस २ गते सम्म संचालन हुने श्रीमदभागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञानमहायज्ञ २०७६ को तयारी पुरा भएको आज बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
श्री जनता आधारभुत बिद्यालय सुनवल १२ हरकटटाका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष अमरनारायण चौधरीको अध्यक्षता तथा १८ औ पुराणका सारस प्रवक्ता बालब्यास श्री नारायण न्यौपानेको प्रमुख आथित्यतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथी १८ औ पुराणका सारस प्रवक्ता बालब्यास श्री नारायण न्यौपानेले अब संस्कार र संस्कृति बिद्यालयबाट उठान हुनुपर्ने बताउनु भएको छ ।
अहिलेको युवामा भौतिकबादमा प्राथमिकता दिने क्रम बढेकोले अब बिद्यालयबाट धर्म , संस्कार र संस्कृतिको जर्गेना गर्नुपर्ने उदेश्यका साथ यो महायज्ञले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको छ । उहाले बैदिक पक्षलाइ महत्वपुर्ण तरीकाले लिइ ऋषि परम्पराकाल देखि नै चलिआएकोे परम्परालाइ नेपाल र पुर्वी भारतमा हुनुपर्ने सबै कुराहरु श्रीमद भागवतका लागि गाडिएका केराका स्थतम्भहरुले पुरानो संस्कारलाइ झल्काएको बताउनु भएको छ ।
उहाले बोल्दै महायज्ञ आपार भएको र ब्यापार नभएको बताउदै आफनो गाउ आफै बनाउ भन्ने अभियानका साथ यहाका भक्तजनहरुको उल्लेख्य सहभागिता रहने बिश्वास ब्यक्त गर्नु भएको छ ।
उहाले हरकटटा बासीलाइ आफनो ठाउको गरीमा र पहिचानका लागी एकजुट भएर अगाडि बढनु भएको पर्नेमा जोड दिनु भएको छ । उहाले भोलि देखि सुरु हुने महायज्ञले समाजमा भएका नराम्रा कुरालाइ तोडेर राम्रो कुराको संदेश दिने समेत बताउनु भएको छ । उहाले अरु ठाउमा हुने महायज्ञ भन्दा यो महायज्ञ फरक हुने बताउनु भएको छ ।
पत्रकार सम्मेलनमा श्रीमदभागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञानमहायज्ञका संयोजक अमर नारायण चौधरी ,महासचिव लुमाकान्त भुषाल , श्री जनता आधारभुत बिद्यालय सुनवल १२ हरकटटाका प्रध्यानाध्यापक मोतीलाल कोहार , महायज्ञका आर्थिक संयोजक सुर्य प्रसाद चौधरी , प्रचार प्रसार संयोजक गोबिन्द मान श्रेष्ठ , पत्रकार , स्थानिय ब्यक्ति , आमा समुह, लगायतको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।