शारिरिक सम्पर्कमा यस्ता कुराले जीवन बर्बाद गरिदिन सक्छ



हुन सक्छ तपाईंको सम्बन्धमा शारिरिक सम्पर्क पहिलो प्राथमिकतामा छैन तर कुनै पनि पाटर्नरबीचको सम्बनधमा शारिरिक सम्पर्कले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

कयौ जोडीबीच शारिरिक सम्पर्कका लागि अनुकुलता नहुँदा सम्बन्ध टुट्ने पनि गरेको विभिन्न अध्ययनहरुले देखाउने गर्दछन् । यहाँ दुई पाटर्नरका बीच शारिरिक सम्पर्कका लागि कति अनुकुलता मिलिरहेको छ यसबारेमा थाहा पाउने केही संकेतहरुका बारेमा चर्चा गरिएको छ ।

यस्तो भएमा राम्रो संकेत होइन 

तपाई दुवैजना शारिरिक सम्पर्कका बारेमा कुराकानी गर्दा एक अर्कामा सहजता महसुश गनुृहुन्छ ? दुवैजना मध्ये कुनै एकजना धेरै डिमाण्डिङ हुनुहुन्छ वा एकजनाको क्रियाकलापबाट अर्कोलाई सहजता महसुश हुदैन भने बुझ्नुहोस् तपाई दुईको जीवन राम्रो छैन जबरजस्ती एकले अर्कोलाई झेलिरहनुभएको छ ।

आपसी सन्तुष्टि अति आवश्यक

शारिरिक सम्पर्कको मतलव भनेकै दुवै पाटर्नरबीचको खुशी तथा सन्तुष्टिका लागि गरिने कोशिस हो । शारिरिक सम्पर्कका दौरानमा एकजना क्लाइमेक्समा पुग्ने र अर्को शिथिल भइसक्ने अवस्था कहिल्यै पनि आउन दिनुहुन्न यसका लागि दुवै पार्टनर शारिरिक सम्बन्धमा बराबर तृप्त हुन जरुरी छ ।

ड्राइभको गति समान हुनुपर्ने

शारिरिक सम्पर्कमा कामइच्छाको पनि महत्वपूर्ण भूमिका रहने गर्दछ । के तपाई दुवै पाटर्नरको सम्पर्क ड्राइभ अलग अलग छ ? दुवैजना मध्ये एकजना बढी क्रियाशिल हुने र अर्को जना कम क्रियाशिल हुने समस्या छ भने यसको असर सोचमा पनि पर्ने गर्दछ जसले दैनिकी र पूरा जीवनमा नकारात्मक असर पर्न पनि सक्दछ ।

तुलना नगरौं

शारिरिक सम्पर्कको विषयलाई लिएर कुनै पनि प्रकारको तुलना गर्नु हुदै हुन्न । पाटर्नर मध्ये कोही एक पनि शारिरिक सम्पर्कको तुलना आफ्ना बितेको कुनै सम्बन्ध वा व्यक्तिसँग गरिरहन्छ भने त्यसले वर्तमान समयको लाइफ बर्बाद गरिदिन सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्