उत्तम कुमार थापा बझाङ
शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत अायाेजना अन्तरगत सँञ्चालीत बझाङ जिल्लाका सदरमुकाम स्थित जयपृथ्वी नगरपालिकामा रहेका उपभोक्ता समिति लाई २ दिने अायाेजना अभिमुखिकरण र परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
सुदुरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङमा रहेको जयपृथ्वी नगरपालिकामा शहरी खानेपानी तथा सरसफाइ अायाेजना लागू भएको छ । विगतका दिनहरूमा सदरमुकाम चैनपुरकाे जयपृथ्वी नगरपालिकामा पानिकाे समस्य देखापरेको हुदा शहरी खानेपानी निर्माण हुन लागेको हाे ।
शहरी खानेपानी चैनपुरमा निर्माण भैईरहदा उपभोक्ता समितिमा देखापरेका समस्या चुनाैतिकाे कसरी समाधान गर्न सकिन्छ । भन्ने हेतुले याे दुई दिने तालिमको अायाेजना गरिएको अायाेजकले बताउनुभएको छ । करिव दुई दिन सम्म सञ्चालन भै सम्पन्न भएको अभिमुखिकरण परामर्श कार्यक्रम चैनपुर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लाेकेन्द्र बहादुर बिष्टकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि जयपृथ्वी नगरपालिका मेयर विरेन्द्र बहादुर खड्का रहनुभएकाे थियाे भने, विशिष्ट अतिथि क्षेत्रीय अायाेजना व्यावस्थापन कार्यालय नेपालगन्जका प्रमुख पुर्ण उपाध्याय विशिष्ट अतिथि पश्चिम क्षेत्रीय डिजाइन तथा सुरपरिव्क्षण व्यावस्थापन परामर्शदाताका टाेली नेता हरिप्रसाद ढकाल रहनुभएकाे थियाे ।
दुई दिन सम्म चलेकाे अभिमुखिकरण गाेष्टीमा टाेलि नेता रहनुभएका ढकालले चैनपुर शहरी खानेपानी निर्माण भएको हुदा स्थलगत अनुगमन गरि निर्माण कार्य सम्वन्धि सल्लाह सुझाव पनि दिनुभएको थियाे ।
टाेलि नेता रहनुभएका ढकालले अायाेजना समयमै सम्पन्न गर्न दवाव दिनुका साथै अार्थिक भित्र १०६५ घरधुरी र ७७५२ जनसंख्यालाई स्वाच्छ खानेपानी अापुर्ति हुने गरि अायाेजना सम्पन्न गर्ने कार्यक्रममा प्रतिवद्वता व्याक्त गरिएको थियाे ।
बझाङ जिल्लाकाे हाेलिडे ईन हाेटेलमा सञ्चालीत २ दिने तालिममा निर्माण व्यावसायि समितिका पदाधिकारी र जनप्रतिनिधि चैनपुर शहरी खानेपानी तथा सरसफाइका पदाधिकारी कारिविच अायाेजना सम्पन्न कसरी सहयाेग गर्ने भन्ने बारेमा छलफल भएको थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि विरेन्द्र बहादुर खड्काले चैनपुरमा खानेपानीको समस्या देखापरेको हुदा अाफै गएर सम्झौता गरेकाे र अाईपर्ने चुनाैतिकाे सामना सबै मिलेर गर्नु पर्ने बताउनु भएको छ । शहरी खानेपानी निर्माण सम्पन्न भएपछि कसैले पनि दुशीत पानी खानु नपर्ने दावि गर्दै जनसमुदायको धारामा स्वच्छ खानेपानी अाउने मेयर खड्काे भनाइ थियाे । चैनपुरमा निर्माण भैईरहेकाे शहरी खानेपानी तथा सरसफाइ अायाेजना १८ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ । अायाेजना ७ अप्रिल २०१९ देखि सम्झौता भएको थियाे भने सम्पन्न ७ अक्टोबर २०२० मा सम्पन्न गरि सक्नु पर्ने छ । यस अायाेजनामा
२१,६३०९१६११.२३ लागत रहेकाे छ । याे अायाेजना सम्पन्न नभए सम्म तथा अहिले चैनपुर बासिले २/३ दिनकाे एक दिन खानेपानी खानपाएका छन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।