टी–२० सिरिजमा भारत ६७ रनले विजयी



काठमाण्डौ, मंसिर २६ । वेस्ट इण्डिजविरुद्धको तेस्रो तथा निर्णायक टी–२० मा भारत ६७ रनले विजयी भएको छ ।

भारत भ्रमणमा रहेको वेस्ट इण्डिजले अब भारसँग ३ श्रृङ्खलाको एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिज आउँदो आइतबारदेखि सुरु हुनेछ ।जितसँगै टी–२० सिरिज भारतले २१ ले जितेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४० रनको विशाल योगफल बनायो ।

भारतका लागि लोकेश राहुलले सर्वा्धिक ९१ रन बनाए । उनी ५६ बलमा ९१ रन बनाउँदै आउट भए । त्यस्तै ओपनर रोहित शर्माले ३४ बलमा ७१ रनको सानदार पारी खेल्दै आउट भए ।

यता २९ बलको सामना गरेको कप्तान विराट कोहलीले ७ छक्का र ४ चौकाको मद्दतमा अविजित ७० रन बनाए ।वेस्ट इण्डिजका लागि शेल्डन कोट्रेल, केसरिक विलियम्स र केरन पोलार्डले समान एकरएक विकेट लिए ।२ सय ४१ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको वेस्ट इण्डिजले ८ विकेट गुमाउँदै १ सय ७३ रनमात्र बनाउन सक्यो । उसका लागि केरन पोलार्डले ६८ र शिमरन हेटमायरले ४१ रन बनाए ।

भारतका लागि दीपक चाहर, भुवनेश्वर कुमार, मोहम्मद शामी र कुलदीप यादवले समान २र२ विकेट लिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्