३० हजार टाकामा नेपाल भित्रिन्छन् रोहिंग्या, ‘गिरोह नै सक्रिय’



 

काठमाडौं , मंसिर २६ । अन्सर मोहम्मद र हुसेन हसिद म्यानमारबाट विस्थापित भएर बंगलादेशमा शरणार्थी जीवन विताइरहेका थिए ।

नेपालमा शंयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग(यूएनएचसीआर)बाट शरणार्थीको मान्यता पाइन्छ भन्ने उनीहरुले सुने ।

त्यसपछि नेपाल छिर्न एजेन्टलाई ३० हजार बंगाली टाका (करिब ४० हजार रुपैंयाँ) बुझाए । सात महिनाअघि काठमाडौं आइपुगेका उनीहरु बुढानिलकण्ठ नगरपालिका–११ स्थित राम मन्दिर नजिकै टहरामा बसिरहेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मोहम्मद र हसिद दुवै रोहिंग्या समूदायका हुन । उनीहरु यहाँ आएपछि यूएनएचसीआरमा शरणार्थी पहिचान माग्दै निवेदन पनि दिएका छन् । तर नाम दर्ता भइसकेको छैन ।

उनीहरु जसरी नै बंगलादेशबाट भारत हुँदै काठमाडौं आइपुगेर राम मन्दिर नजिकैका टहरामा बसिरहेका रोहिंग्या अरु १ सय ७१ जना छन् ।

रोहिंग्या बुढानिलकण्ठकै नलसुनेटार र काभ्रेको पनौतीमा समेत गरी ३ सय ७८ जना छन् । रोहिंग्यालाई यहाँ ल्याउन र बस्ने ठाउँ मिलाउन गिरोह नै सक्रिय रहेको गृह मन्त्रालयको ठम्याइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्