बैदेशिक रोजगार

युएई पठाइदिने भन्दै युवासँग २ लाख ५ हजार रकम अशुल्ने म्यानपावरमा छापा

By Thah Online

December 12, 2019

काठमाण्डौ , मंसिर २६ । वैदेशिक रोजगार विभागले यूएई जाने श्रमिकसँग दुई लाख ५ हजार लिंदै गर्दा बानेश्वरको ओशो रिक्रुटमेण्टमा छापा मारेको छ ।सरकारले शून्य लागतमा श्रमिक जान पाउनेगरी नयाँ समझदारी गरेको देश यूएई पठाउन दुई लाख ३० हजार मागिरहेको उजुरीको आधारमा बुधबार टोलीले म्यानपावरमा छापा मार्दा श्रमिकसँग पैसा लिएर गन्दै गरेको भेटिएको विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिए ।

यूएईमा ड्राभइरको काममा पठाउनका लागि पैसा मागेपछि श्रमिकले केही दिनअघि नै मौखिक गुनासो गरेपछि विभागले बुधबार म्यानपावरमा छापा मारेको हो ।युएईको इमिरेट्स कम्पनीमा लाइट ड्युटी ड्राइभर पदमा जानको लागि म्यानपावरले २ लाख ३० हजार माग गरेको पीडित युवाले बताएका छन् । श्रम स्वीकृति भए पस्च्यात म्यानपावरले पैसा नदिएसम्म टिकट नदिने भन्दै हप्तौं सम्म कुराएपछी चर्को शुल्क माग गर्ने म्यानपावर विरुद्ध विभागमा उजुरी दिएको उनले बताए ।

पीडित युवाको उजुरीका आधारमा विभागको आकष्मिक अनुगमन टोली बुधाबर म्यानपावर कम्पनीमा पुग्दा म्यानपावरका अपरेशन म्यानेजरले ती युवाबाट २ लाख ५ हजार रकम गन्दै गर्दा सो रकम जफत गरिएको हो । म्यानपावरले यस अघि भिषा प्रक्रियाका लागि भन्दै २० हजार रकम लिइसकेको उनले बताए

श्रमिकले म्यानपावरलाई बुझाएको पैसा र केही कागजात जफत गरिएको विभागले जनाएको छ । म्यानपावरका सञ्चालक र व्यवस्थापकलाई आज विभागमा बयानका लागि आउन र चार दिन भित्रमा श्रमिकलाई यूएई पठाउन पनि विभागले पत्राचार गरेको छ ।मुद्दा फरकारक नहुँदासम्मका लागि ओशो रिक्रुटमेण्टको काम पनि रोक्का गरिएको छ । अनुसन्धान सक्किएर मुद्दाको फरफरक भएपछि मात्र म्यानपावरले काम गर्न पाउने विभागका सूचना अधिकारी गुरागाईंले बताए ।

घटनाको थप अनुसन्धान गरि पीडितलाई सरकारले तोकेको लागतमै विदेश पठाउने ग्यारेन्टी गरि म्यानपावरलाई कारवाही गरिने विभागले जनाएको छ । पछिल्लो समय विभागले युवासँग तोकिएको लागत भन्दा बढी शुल्क लिने एजेन्ट तथा म्यानपावर विरुद्ध कारवाही प्रक्रिया तीब्र बनाउंदै लगेको छ ।