नेपाल जर्निको अध्यक्षमा गोपाल भण्डारी सर्बसम्मत चयन



काठमाडौँ -सामाजिक कार्यमा निकै सक्रिय संस्था नेपाल जर्निको अध्यक्षमा गोपाल भण्डारी सर्बसम्मत चयन भएका छन।मंगलबार सेभेन सिजन लन्जमा आयोजना गरीएको साधारण सभा मार्फत नयाँ कार्य समिति चयन गरीएको हो । उक्त कार्यक्रम नेपाल जर्निको सस्थापक,अध्यक्ष मौषमी श्रेष्ठको अध्यक्ष्यता तथा अन्य सदस्य सलाहकारहरुको उपस्थितिमा सम्पन्न भएको छ । नयाँ कार्य समिति चयन जस अन्तरगत अध्यक्षमा गोपाल भण्डारी,उपाध्यक्ष प्रकाश सिग्देल र जसुदा कार्की,महासचिब सुनिल पौडेल,सचिब पुजा भुषाल,कोषाध्यक्ष प्रकाश थापा र सदस्यहरु,नबिन श्रेष्ठ,शिब शरण शाही,रबिन शर्मा,आस्था पौडेल,मुरली गजुरेल रहेका छन भने सस्थापक अध्यक्ष मौषमी श्रेष्ठ,संरक्षक मोहन भट्टराई र सल्लाहकारहरुमा गणेश श्रेष्ठ ,केशब पुरी,नरेश ध्वज श्रेष्ठ रहेका छन ।

मंगलबार भएकोउक्त कार्यक्रम सस्थापक अध्यक्ष मौषमी श्रेष्ठले गरे कि थिईन।अमेरिकामा स्थापना गरीएको उक्त सस्था नेपालमा पनि अहिले चितवनमा दर्ता भई सकेको छ।सामाजिक कार्यम निकै अगाडी रहेको यो सस्थाले चितवन तथा देशका बिभिन्न ठाउँका शैक्षिक संस्था र निम्न बर्गका बालबालिकाको हितमा काम गर्दै आएको छ।चितवनका बिकट ठाउँमा पुस्तकालय निर्मान तथा शैक्षिक सामाग्री बितरण गर्दै निकै नै सामाजिक रुपमा टेवा पुर्याउदै आएको छ।यस सस्था प्रबाशमा रहेका सहयोगी मनहरुबाट सहयोग संकलन गरी हरेक बेला पर्ने बिपत तथा पिडितको मलम बनि रहेको छ ।

बिभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुको सहकार्यमा चलेको यो सस्था अब देशका बिभिन्न ठाउँमा पुस्तकालय निर्मान तथा शिक्षाबाट बन्चित बालबालिकाको उद्दार गरी अगाडि बढने आगामी लक्ष्य रहेको छ ।नेपाल तथा विदेशमा रहेर पनि एकता भई अहिले निरन्तर सामाजिक कार्य संगै समाज परिबर्तनमा यो सस्थाले निकै योगदान पुर्याउदै आएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्