टप फिचर

पछिल्लो समय ताहाचलमा श्रम स्वीकृति माग्नेहरुको संख्या घट्दै

By Thah Online

December 12, 2019

काठमाडौं , मंसिर २६ । पछिल्लो समय वैदिशिक रोजगारी जाने युवाहरुको संख्या बढिरहेको छ । विदेश जानेहरुले विभिन्न म्यानपावरबाट श्रम स्वीकृतति लिरहेका छन् । तर कतिपय म्यानपावले रकम असुल्ने क्रम पनि त्यतिकै बढेको छ ।

यसैबी यता वैदेशिक रोजगार कार्यालय ताहाचल मा भने श्रम स्वीकृति माग्नेहरुको संख्या घट्दै जान थालेको विभागले जनाएको छ । रिइन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरणका माध्यमबाट श्रम स्वीकृति माग गर्नेहरुको संख्यामा निरन्तर घटिरहेको बताएको छ । मंगलबार उक्त कार्यालय शनिबार पनि खुल्ने समाचार प्रकाशित भएको थियो । तर पनि लिनेको संख्यामा भाने कमी आउन थालेको छ ।

यता ताहाचलमा रिइन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरणका माध्यमबाट श्रम स्वीकृति माग गर्नेहरुको संख्या घट्दै गएका कारण शनिबार पनि कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्ने विषयमा कुनै निर्णय नगरिएको कार्यालय प्रमुख देवेन्द्र कार्कीले बताए ।

विभागले पुनः श्रम स्वीकृति सेवा प्रदेशस्तरबाट सुरु गरेको ६ महिनाको अवधिमा ६८ हजार युवाले सेवा उपभोग गरेको भन्दै पुनः श्रम स्वीकृतिका लागि काठमाडौं आउनेको ६० करोड रुपैयाँभन्दा बढी बचत भएको बताएको छ । सरकारले गत वर्ष पुष १५ गतेदेखि प्रदेशसिथत श्रम कार्यालयबाट सेवा दिन सुरु गरेपछि पुनः श्रम स्वीकृतिका लागि राजधानी आउनै पर्ने वाध्यता हटेको हो ।