रोजगारी : चीनको नाकाबाटै फर्काइयो ४४ किशोरी



काठमाडौं, मंसिर २४ । रोजगारीको लागि चीनको केरुङ जान लागेका ४४ जना किशोरीलाई फार्काएको छ । उनीहरुलाई माइती नेपालले नाकाबाटै घर फर्काइदिएको हो । सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्म २० वर्ष उमेर नपुगेका ४४ किशोरीहरूलाई रसुवागढी नाकाबाट फिर्ता गरिएको बताइएको छ।

गत वर्ष एक सय १० जना किशोरीहरूलाई फिर्ता गरिएको थियो। गत वर्षदेखि २० वर्ष नपुगेकालाई केरुङ जान अनुमति दिन बन्द गरिएको थियो। जनचेतनाको कार्यक्रम सञ्चालन पश्चात् यो वर्ष कम किशोरीलाई मात्र फिर्ता गरिएको माइती नेपाल रसुवाकी संयोजक लालुमाया घलेले बताईन् ।

संस्थाले ११ महिनामा एक हजार ९ सय ९३ लाई परामर्श दिएको छ। पछिल्लो रसुवागढी नाका औपचारिक रूपमा सञ्चालनमा आएसँगै रोजगारीका लागि केरुङ जाने क्रम बढ्दै गएको छ।

माइती नेपालले बुधबार धुन्चेमा आयोजा गरेको पत्रकार सम्मेलनको क्रममा उक्त जानकारी गराइएको हो।  केरुङमा रसुवा तथा छिमेकी जिल्लाहरु नुवाकोट, धादिङ, सिन्धुपाल्चोकका किशोरी कार्यरत छन्। केरूङ जानका लागि खर्च कम लाग्ने र पासर्पोट बनाउने झन्झट बेर्होन नपर्दा उनीहरू खाडीका देशहरू र मलेसियाको साटो केरूङतिर आकर्षित हुन थालेका हुन्।

केरुङमा करिब पाँच सय जना किशोरी कार्यरत रहेका छन्। होटलमा काम गर्ने युवतीहरूले त्यहा १५ हजारदेखि २५ हजारसम्म मासिक पारिश्रमिक पाउने गरेका केरूङमा कार्यरत शान्ति तामाङले बताइन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्