नेपाल जर्निको अध्यक्षमा : भण्डारी



काठमाडौँ, सामाजिक कार्यमा निकै सक्रिय संस्था नेपाल जर्निको अध्यक्षमा गोपाल भण्डारी सर्बसम्मत चयन भएका छन । मंगलबार सेभेन सिजन लन्जमा आयोजना गरीएको साधारण सभा मार्फत नयाँ कार्य समिति चयन गरीएको हो ।उक्त कार्यक्रम नेपाल जर्निको सस्थापक,अध्यक्ष मौषमी श्रेष्ठको अध्यक्ष्यता तथा अन्य सदस्य सलाहकारहरुको उपस्थितिमा सम्पन्न भएको छ । नयाँ कार्य समिति चयन जस अन्तरगत अध्यक्षमा गोपाल भण्डारी,उपाध्यक्ष प्रकाश सिग्देल र जसुदा कार्की,महासचिब सुनिल पौडेल,सचिब पुजा भुषाल,कोषाध्यक्ष प्रकाश थापा र सदस्यहरु,नबिन श्रेष्ठ,शिब शरण शाही,रबिन शर्मा,आस्था पौडेल,मुरली गजुरेल रहेका छन भने सस्थापक अध्यक्ष मौषमी श्रेष्ठ,संरक्षक मोहन भट्टराई र सल्लाहकारहरुमा गणेश श्रेष्ठ ,केशब पुरी,नरेश ध्वज श्रेष्ठ रहेका छन ।

मंगलबार भएको उक्त कार्यक्रम सस्थापक अध्यक्ष मौषमी श्रेष्ठले गरेकी थिईन । अमेरिकामा स्थापना गरीएको उक्त सस्था नेपालमा पनि अहिले चितवनमा दर्ता भई सकेको छ । सामाजिक कार्यम निकै अगाडी रहेको यो सस्थाले चितवन तथा देशका बिभिन्न ठाउँका शैक्षिक संस्था र निम्न बर्गका बालबालिकाको हितमा काम गर्दै आएको छ।चितवनका बिकट ठाउँमा पुस्तकालय निर्मान तथा शैक्षिक सामाग्री बितरण गर्दै निकै नै सामाजिक रुपमा टेवा पुर्याउदै आएको छ । यस सस्था प्रबाशमा रहेका सहयोगी मनहरुबाट सहयोग संकलन गरी हरेक बेला पर्ने बिपत तथा पिडितको मलम पनि बनि रहेको छ ।

बिभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुको सहकार्यमा चलेको यो सस्था अब देशका बिभिन्न ठाउँमा पुस्तकालय निर्मान तथा शिक्षाबाट बञ्चित बालबालिकाको उद्दार गरी अगाडि बढ्ने आगामी लक्ष्य रहेको छ । नेपाल तथा विदेशमा रहेर पनि एकता भई अहिले निरन्तर सामाजिक कार्य संगै समाज परिबर्तनमा यो सस्थाले निकै योगदान पुर्याउदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्