चुनावी गतिविधी सुरु ( निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न दलहरु सहमत)



 

गिरिराज नेपाली
घोराही, १४ कार्तिक । आगामी मंसिर २१ गते हुने लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन नजिकिए संगै जिल्लामा चनावी चहल पहल र आन्तरिक दलिय तयारी सुरु भएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले घोराहीमा आयोजना गरेको निर्वाचन आचार सार्वजनिक एवं छलफल कार्यक्रममा बोल्ने दलका नेताहरुले निर्वाचन आचार संहिता पूर्ण पालना गर्ने बताएका थिए । त्यस अबसरमा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश हेमन्त रावलले निर्वाचनको आचारसंहितामा रहेर काम गर्न दालका नेताहरुलाई आग्रह गर्नुभयो । जनताको अभिमत र विचार लाई उच्च कदर गरेर जनभावना अनुरुपको गतिविधि गर्न उहाँले आग्रह गर्नुभयो । आचारसंहिताले तोकेका निश्चित मापदण्ड तोकेको बताउँदै त्यही आधारमा रहेर दलहरु चुनावी प्रचारपसार गर्न पाईने बताउनुभयो । प्रचार प्रसारका नाममा उत्तताउलो, तडकभड्क, द्वन्दात्मक रुपमा प्रतिस्पर्धा नर्गन समेत आग्रह गर्नुभयो

 

भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनका क्रममा कतिपय दलहरुले गाउँमा मात्रै नभई शहरी क्षेत्रमा पनि चुनाव प्रचारका गतिविधिहरु अलि उर्छिङकल, बालबालिकाहरुको प्रयोग, प्रचार सामाग्रीहरु तोकिएको मापदण्ड भन्दा पनि ठुला –ठुला, सार्वजानिक स्थलहरुमा प्रर्चा पम्पीलेट टाँस जस्ता गतिविधिहरु देखिएको उल्लेख गर्दै ति गतिविधिहरु लाई अबको निर्वाचनमा नदोहो¥याउन पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपिल गरेको छ । मुख्य निर्वाचन अधिकृत रावलले भन्नुभयो–‘प्रचार–प्रसार लाई आचारसंहिताले रोक लगाएको छैन ।

छुट्टा–छुट्टै मनोनयन दर्ताको समय

आगामी मंसिर २१ गते हुने लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभो उम्मेद्वारी मनोनयन दर्ताका लागि दलहरुले छुट्टा–छुट्टै समय माग गरेका छन । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र , राष्ट्रिय जनमोर्चा, नेकपा माले र संघिय समाजवादी फोरम लगाएतले यही कार्तिक १६ गते हुने उम्मेद्वारी दर्ताका छुट्टा–छुट्टै समय माग गरेका छन । मनोनयन दर्ता दलबल सहित गराउने प्रचलन रहेकाले दलहरुले मनोनयन दर्ता लाई शान्ति पुर्ण तरिकाले सम्पन्न गर्ने गरी समय माग गरेका हुन । यही कार्तिक १६ गते विहिवार बिहान १० वजेदेखी बेलुका ५ वजे सम्म हुने उम्मेद्वारी दर्ताका लागि नेकपा एमालेले विहान ११ वजे देखी मध्याह्न साढे १२, मध्याह्न साढे १२ वजे देखी दिउसो साढे १ वजे सम्म नेपाली काँग्रेस , दिउसो २ देखी ३ वजे सम्म नेकपा माले, ३ देखी ४ वजे सम्म नेकपा माओवादी केन्द्र र ४ देखी ५ वजे सम्म संघिय समाजवादी फोरमले समय माग गरेका छन् । भने स्वतन्त्र उम्मेद्वारहरु लागि पनि निश्चित समय छुट्याई उम्मेद्वारी गराउन सकिने व्यावस्था गरिने भएको छ । मनोनयन दर्ता नतिजा १६ गते साँझ ६ वजे नै प्रकाशन गरिने छ । उम्मेद्वारी दर्ताको दावी विरोध १७ गते विहान १० देखी बेलुका ५ वजे सम्म तोकिएको छ । उम्मेद्वारी जाँचवुझ १८ गते विहान १० देखी बेलुका ३ वजे सम्म, उम्मेद्वारी नामावली प्रकाशन अपराह्न ३ देखी ५ वजे सम्ममा गरिने भएको छ । उम्मेद्वारीले उम्मेद्वारी फिर्ता १९ गते विहान १० देखी दिउसो ३ वजे सम्म्म लिन सक्नेछन । चिनाव चिह्न दिउसो ३ देखी बेलुका ६ वजे सम्म वितरण गरिने मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो ।त्यस्तै प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लाई नमुना योग्य निर्वाचनका रुपमा सफल बनाउने बताउनु भयो ।।

 

शान्ति पूर्ण रुपमा निर्वाचन हुने
जिल्लाका राजनितिक दलहरुले आसन्न मंसिर २१ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लाई शान्त रुपमा हुने विश्वास व्यक्त गरेका छन् । निर्वाचन लाई स्वच्छ प्रतिस्पर्धाका रुपमा सम्पन्न गर्दै जनताको मुल्य भोटको उच्च सम्मान गर्दै आसन्न निर्वाचन लाई शान्ति पूर्ण वातावतारणमा सम्पन्न गर्ने वताएका हुन ।अबसरमा नेपाली काँग्रेस दाङका सचिव टेक बहादुर वंलीले निर्वाचन लाई शान्तपुर्ण तरिकाले सम्पन्न गर्न नेपाली काँग्रेस प्रतिवद्ध रहेको बताउनुभयो । त्यस्तै नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले आसन्न निर्वाचन लाई हिंसात्मक नभई स्वच्छ प्रतिस्पर्धाका रुपमा लैजानु पर्ने जनमतको उच्च कदर गर्दै पार्टीगत निर्देशन शान्त निर्वाचनको नारा बनाउनु पर्नेमा जोड दिनुभयो ।त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुवास पुनले दल ,जनता, कर्मचारी र सुरक्षा संयन्त्र सवैले आसन्न निर्वाचन लाई भयरहित वातावरणमा सम्पन्न गर्नु पर्ने दायित्व रहेको बताउनुभयो । उहाँलेभन्नुभयो – ‘ आसन्न स्थानिय तहको निर्वाचनमा केही क्षेत्रमा झडप संगै अनैतिक गतिविधिहरु भएकाले त्यो पक्षलाई अब अन्त्य गरी स्वच्छ प्रतिस्पर्धा र शान्तपुर्ण निर्वाचन र मतदानको व्यावस्था गरिनु पर्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्