इन्द्र नेपाली ,तेह्रथुम
पुर्ब नेपालका युवा कलाकारहरुको हास्यबाद-ब्यङ्ग्यबाद मार्गदर्शक सिद्धान्त बोकेको सिरियल कहिले सहाउछ,कहिले रुहाउछ भाग तीन हिजो साझ P B C vines युटुब च्यानल मार्फत इटहरी बाट सार्बजनिक गरिएको छ। ‘शुरुवाती दुई भाग केही दिन अघि सार्बजनिक भए पनि’हिजो साझ भाग तिन आम दर्शक माझ सार्बजनिक गरिएको निर्देशक रमेश ढकालले बताउनु भएको छ।
केही बर्ष यता पत्रकारि मार्फत कमल समाउदै आएका पत्रकारहरुकै कथा लेखन रहेकोे कहिले हसाउछ,कहिले रुहाउछ्मा प्रमुख पत्रकारहरु पत्रकारहरुनै रहेको निर्देशक ढकालले बताउनु भएको छ।
हास्यब्यङ्गका सिपाही धेरैको जन्म हुनु समाजको मागी मात्रै नभइ देश लागि ज्यादै राम्रो कुरा हो ।कलाकारले समाज र परिवेशलाई बुझेका हुन्छ्न। देस निर्माणका इटा हुन राज्यले आबस्यक महसुस गरे ज्यान दिन समेत पछि नपर्ने तेह्रथुम खबर डट कमअन्लाईनका प्रमुख साथै केही बर्ष देखि थाहा अन्लाईन खबर,आदर्श अन्लाईन तेह्रथुमको सामुदायिक रेडियो मेन्छायेयम १०३ मेगाहर्ज लगायत रास्टिय अन्लाईनमा कलम चलाइ रहेका युवा पत्रकार इन्द्र भाइको भनाइ रहेकोे छ।
‘कहिले हसाउछ कहिले रुहाउछ’मा सबै नयाँ कलाकारहरु बलियो उपस्थिती छ । निर्माता तिनजुरे मिडिया ग्रुप प्रवासका अध्यक्ष देब बासकोटा रहनु भएको छ भने तीन भाग सम्म आइपुग्दा नवीन दुलालको कथा लेखन रहे सगै निर्देशन रमेस ढ्कालको रहेको छ।पृती योगि,प्रबिन तामाङ,जीवन भट्टराई ,इन्द्र भाइ,अर्जुन ढकाल,दिप संखर,सागर बुढाथोकी,बबिन दर्नाल,अनिल लिम्बू,मनिस भट्टराई,डिल्लीराम ओझा,सुजन लम्साल,रबिन फुयाल ,सुमित्रा तामाङ, लगायत दर्जनौं प्रतिभाशाली कलाकार भएको ‘कहिले हसाउछ,कहिले रुहाउछ’ टिमलाई सफलताको शुभ कामना छ।शब्द संगित राजेस कुमार श्रेष्ठ,गायन हरि प्रसाद लुइँटेलको रहेकोे छ साथै छायांकन दाउद तामाङ सल्लाहकार एनोहाङ्ग लिम्बू र सुजन ढकाल रहुनु भएको छ।
पौष महिनाको अन्तिम हप्ता देखि सामाजिक अपराधको रुपमा रहेको जातीय विभेद प्रती तीखो प्रहार रहेको कथा बस्तुको उजागर गरिने भएको छ।प्रेस सेन्टर निकट रहेका इन्द्र भाइको कथा लेखन रहेको निर्देशक ढकालले बताउनु भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।