नागरिकता संशोधन विधेयकबारे भारतमा प्रदर्शन



नागरिकता संशोधन विधेयक विरोधमा भारतको पूर्वोत्तर राज्य आसाममा प्रदर्शन भइरहेको छ । आसामका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । डिब्रुगढमा कर्फ्यू लागेको छ तर त्यसलाई तोडेर स्थानीयहरुले प्रदर्शन गरेका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरेर गोली चलाएको छ । प्रदर्शनकारी उग्र भएकाले गोली चलाउनु परेको स्थानीय प्रहरीले दाबी गरेको छ । गुवाहाटीसहित आसामका अधिकांश क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ ।

तत्कालका लागि इन्टरनेटमाथिको प्रतिबन्ध बिहीबार बेलुका सात बजेसम्मका लागि मात्रै रहेको आसामका अतिरिक्त मुख्य सचिव सञ्जय कृष्णले बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

इन्टरनेट सेवा बन्द भएको भए पनि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर आसामका नागरिकलाई चिन्ता गर्नु पर्ने कुनै कारण नरहेको भनेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्