मुख्य समाचार

उदयपुर दुर्घटनामा मृत्यु भएका ९ जनाको सनाखत

By थाहा अनलाइन

October 31, 2017

सैघाली खबर उदयपुर ,१४ कार्तिक

उदयपुरमा हिजो भएको जिप दुर्घटनामा मृत्यु भएका ९ जनाको सनाखत भएको छ । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा हिजोे दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरी पापरगाडा–४ का राधेश्याम महतो, कविलाश–३ का गंगाराम साह, बैखा–६ का नेपाली सेनामा कार्यरत रुपेन्द्र बर्मा, ओखलढुंगा सेर्नाबेँसी–३ का ईश्वरीप्रसाद भट्टराई, वरुणेश्वर–६ का दीपक भित्रिकोटी, उदयपुरको रामपुर ठोक्सिला–७ का सन्देश किराँती तथा जिप चालक कटारी नगरपालिका–२ का हरि कार्की रहेका छन् ।

यस्तै, ठेगाना नखुलेका अन्जना राई र मिथिलेश साहको पनि सनाखत भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका कुमारी भित्रिकोटीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।