क्षयरोग नियन्त्रण प्रयास कम भएकोमा विश्व स्वास्थ्य संगठन चिन्तित



सैघाली खबर
काठमाडौं ,१४ कार्तिक

विश्वभर क्षयरोगको नियन्त्रण गर्न गरिएका प्रयास अझै अपुग भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ ।

सोमबार एक प्रतिवेदन सार्वजनिक गर्दै डब्लुएच ओले गहिरो चासो व्यक्त गरेको हो । विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘क्षयरोग अझै धेरै देशका लागि ठूलो समस्या (भार) बनेको छ ।’ विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर रोगका कारण अकालमा हुने मृत्युमा क्षयरोग नवौँ मुख्य कारण रहेको छ ।

विश्वभर एचआइभी एड्सका कारणले भन्दा क्षयरोगले धेरै व्यक्तिको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।

विश्वको क्षयरोग समस्याबारे सन् २०१७ मा गरेको अध्ययन अनुसार सन् २०१६ मा एक करोड चार लाख व्यक्ति क्षयरोगका कारण विरामी परेका र यसमध्ये १६ लाख ७० हजार व्यक्तिको मृत्यु भएको संगठनले जनाएको छ । डब्लुएचओ को क्षयरोग अन्त्यको रणनीति तथा संयुक्त राष्ट्रसंघ दिगो विकास लक्ष्य कार्यक्रमले सन् २०३० सम्म क्षयरोगको समस्या ९० प्रतिशतले घट्ने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्