कुनै समय घरको चुलो चौकामा सिमित नेपाली महिलाहरु शिक्षित हुंदै गएपछि हरेक क्षेत्रमा सहभागिता जनाउन थालेका छन् ।
केही समय अघि देखी राजनीतीमा सक्रिय जस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, पुर्व सभामुख ओन्सरी घर्ती, पूर्व न्यायधिस शुशीला कार्की, लगायत थुप्रै महिलाहरुले ईतिहाँस रचिसकेका छन् । पासाङ ल्हामु शेर्पााले सगरमाथा चढ्ने पहिलो नेपाली महिला बनेर ईतिहांस रचिन ।
त्यतीमात्रै होईन अन्र्तराष्ट्रिय जगतमा सामाजिक कार्यमा क्रियाशिल पुष्पा बस्नेत र अनुराधा कोईराला गरी दुई नेपाली महिला सी एन एन हिरो अवार्डबाट सम्मानित भईसकेका छन् । यस्तै यहाँका महिलाहरु शिक्षा ,सेना, प्रहरी, निजामतीका साथै खेलकुदमा पनि आफ्नो योगदान दिइरहेका छन् । यसले नेपालमा पनि महिला अधिकार र स्वतन्त्रताको लागि पर्याप्त काम भएको देखाउँछ ।
जसको फलस्वरुप वर्तमानमा भएको परिवर्तन प्रत्यक्ष देख्न सकिन्छ । अहिले महिलाहरु उल्लेख्य संख्यामा शिक्षित हुँदै गएका छन् । अंझ भन्नुपर्दा नेपाली महिलाहरु अहिले हरेक क्षेत्रमा अब्बल छन् । जसको उदाहरणका लागी नेपालमा भर्खरै सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद सागमा नेपाली महिला खेलाडीहरुले जितेको स्वर्ण पदकलाई लिन सकिन्छ ।
जसले नेपालको ईतिहांस रचेको छ । हरेक नेपालीहरुको शिर गौरवले उचालिएको छ । १३ औं दक्षिण एशियाली खेलकुद सागमा नेपालले जितेका ५१ स्वर्ण पदक मध्ये ३४ स्वर्ण महिला खेलाडीले जितेका छन् ।
यि हुन सागमा स्वर्ण पदक जित्दै ईतिहांस रच्ने नेपाली महिला खेलाडीहरु
गौरीका सिंह
गौरीकाले १३ औं सागमा सबैभन्दा धेरै ४ स्वर्ण जितेर ईतिहांस रचेकी छिन् । जलपरीको रुपमा परिचित नेपाली कीर्तिमानी पौडीवाज गौरिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला खेलाडीको प्रदर्शनले नेपालमा अब महिलालाई खेलकुदमा लाग्न प्रेरणा मिलेको बताएकी छिन् । साग पौडीको एकल स्पर्धामा नेपाललाई स्वर्ण दिलाउने पहिलो महिला खेलाडी बनेकी १७ वर्षीय गौरिकाले आफुले जितेको पदकबाट अन्य धेरै महिलालाई खेलकुदमा आउन प्रोत्साहन मिल्ने बताईन् ।
सन्जु चौधरी
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालकी सन्जु चौधरीले ऐतिहासिक स्वर्ण जितेकी छिन् । महिला ५९ केजी तौल समूहमा सन्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । यस सँगै सन्जु सागमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन् ।
देविका खड्का, पुनम श्रेष्ठ
जुडोमा नेपालका २ महिला खेलाडी देविका खड्का र पुनम श्रेष्ठले स्वर्ण पदक जिते । देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन् । महिला ७८ केजीमुनीको तौल समूहमा पुनमले दोस्रो स्वर्ण जितेकी हुन् ।
सङ्गीता धामी
कुस्ती खेलमा स्वर्ण पदक विजेता सुदुरपिश्चिम कञ्चनपुर भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ । उनले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक सागमा नेपाललाई स्वर्ण दिलाएकी हुन् ।
स्वर्ण जित्दा खुशीका आंशु थाम्न सकेनन् उनिहरुले तेक्वान्दोमा स्वर्ण जितेकी काजल श्रेष्ठ आफुलाई खेलकुदमा अगाडी बढाउन बाबाले खाडीमा गरेको दुखलाई सम्झींदै खेल मैदानमै भक्कानिईन् ।
त्यस्तै बक्सिङमा एक, साईक्लिङमा दुई, एथलेटिक्समा एक, उसुमा तिन, ट्रायथलनमा एक, तेक्वान्दोमा एघार र करांतेमा सात जना महिला खेलाडीले स्वर्ण जितेका छन् । जसले महिलाहरु पुरुष भन्दा कुनै क्षेत्रमा कम छैनन् र अवशर पाए जस्तो सुकै काम गर्न सक्षम छन् भन्ने देखाउंछ ।
यसरी हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै जाने हो भने विगतको दाशताको युगबाट समय सापेक्ष परिवर्तन भइ एक्काईसौं शताब्दी महिलाहरुको सर्वाङ्गीण विकासको लागि सुनौलो मौकाको रुपमा फलिफाप हुने निश्चित छ ।
तर अझै पनि महिलाहरुको अधिकारको लागि हुनुपर्ने पर्याप्त कार्य गर्न बाँकी छ । जो कार्य गरिएका छन् । ती प्रशंसा योग्य छन् । आगामी दिनमा पनि राज्यका हरेक निकाय र क्षेत्रमा उल्लेख्य रुपमा महिला सहभागिता देख्न पाईयोस ।
नेपालको ईतिहांसका पान्नामा नेपाली महिलाहरुको ऐतिहांसिक सफलता पढ्न पाईयोस् स्वर्ण पदक विजेता नेपाली चेलीहरुलाई धेरै धेरै बधाई पाकिस्तानमा आयोजना हुने आगामी सागमा यसरी नै सफलता गरेको ईतिहांस रचेको सुन्न र पढ्न पाईयोस सफलताको लागी धेरै धेरै शुभकामना
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।