ग्राण्डीद्धारा १०५ बर्षीय बृद्धको निःशुल्क उपचार




स्वास्थ उपचारको लागी स्वदेशको आर्कषक गन्तब्य बन्दै आइरहेको राजधानीको धापासीस्थीत ग्राण्डी इन्टरनेशनल अस्पतालले १०५ बर्षीय एक बृद्धको निशुल्क उपचार गरेको छ ।

प्रतिकुल मौसम र बढ्दो चिसोसंगै मकवानपुर घर भई हाल काठमाँडौ बल्खुमा बसोबास गर्दे आएका १०५ बर्षीय बृद्ध गणेश बहादुर अधिकारीेको बिगत ८ बर्षदेखि दुबै घुडामा समस्या रहेको थियो । बरिस्ठ कलाकार सन्तोष पन्तका निकट रहनु भएका अधिकारी लाई गत बर्ष यता सहनै नसक्ने गरी दुखाइ हुदै आएको र उनकै सल्लाह मार्फÞत ग्रांडी अस्पताल आइपुगेको बताए ।

अस्पतालका मेडिकल डाइरेक्टर एब बरीष्ठ हाडजोर्नी तथा नसा रोग बिषेषज्ञ डा. चक्रराज पाण्डे नेतृत्वको टिमले उहाको उपचार गरेको हो । घुंडा खिइने समस्याबाट ग्रसित अधिकारीले ग्राण्डी अस्पतालले बृद्धहरु प्रति गरेको सम्मान एब उपचार प्रति प्रशन्नता ब्यक्त गरे ।

अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले १०५ बर्षीय बृद्धको उपचार गर्न पाउनु सौभाग्य रहेको बताउनु भयो, साथै डा पाण्डेले सम्पूर्ण बिरामिको स्वास्थ्य प्रति ग्राण्डी अस्पताल परिवार सदैब संबेदनशिल एवं प्रतिबद्द रहने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्